काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विदेश मामिलाको सन्दर्भमा कसैसँग छलफल नगरेको बताएका छन्। विदेश मामिलाजस्तो संवेदनशील विषयमा सरकार एकलौटी ढंगले अघि बढेको ओलीको आरोप छ।
विभिन्न देशका लागि नेपालका पूर्वराजदूतसँग परराष्ट्र मामिलाबारे मंगलबार भएको छलफलमा ओलीले विदेश नीतिको मामिलामा आन्तरिक राजनीतिमा राष्ट्रिय सहमति चाहिने भएपनि देउवा सरकार एक्लै अघि बढेको बताए।
‘परराष्ट्र मामिलाको विषयमा आन्तरिक राजनीतिमा राष्ट्रिय सहमति चाहिन्छ। अहिले सहमति किन भइरहेको छैन?’, उनले भने, ‘बाहिर (विदेश भ्रमणमा) जाँदा प्रतिपक्षीसँग, विज्ञसँग छलफल गर्ने परम्परा थियो। तर, यो सरकार बने पछि संवाद छैन।’
२०४६ पछि यस्तो किसिमको संवादहीनता र कुनै पनि विषयमा प्रतिपक्षीसँग परामर्श नगर्ने, सूचना लुकाउने कुरा नभएको पनि ओलीले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।