काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले एसपीपी जस्तो कार्यक्रमको मस्यौदा नेपालको परराष्ट्र नीति प्रतिकूल रहेको बताएका छन्।
पूर्वराजदूतसँग परराष्ट्र मामिलाबारे मंगलबार भएको छलफलमा उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘विश्व शान्ति र असंग्लन परराष्ट्र नीति हुँदाहुँदै एसपीपी जस्तो कार्यक्रमको मस्यौदा कसरी सार्वजनिक भयो? अचम्म लागेको छ। त्यो हाम्रो हित अनुकूल छैन।’
त्यस्तै प्रतिपक्षी, मिडिया तथा बुद्धिजिवीको दबाबले सरकारले अहिले खारेज गर्ने प्रकृया बढाएकोमा धन्यवाद दिए।
‘प्रतिपक्षी, मिडिया तथा बुद्धिजिवीको दबाबले यसलाई अहिले सरकारले नलिने घोषणा गरेको छ। त्यसको लागि धन्यवाद दिनैपर्छ’, उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।