काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा सांसद रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा इञ्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। परिवर्तन जरुरी रहेको बताउँदै आफू मैदानमा आएको उनको भनाइ छ।
मंगलबार उम्मेदवारी घोषणा गर्दै उनले भने, 'परिवर्तन जरुरी छ। अब पर्खिन सकिँदैन। अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्छौं। पर्खिनु विकल्प हुँदै होइन।'
उनले गणितको जित–हारलाई आफूले महत्त्व नदिएको बताउँदै राजनीतिक विजयका लागि मैदानमा आएको बताएका छन्। उनलाई नेपाली फिल्मका चर्चित अभिनेता आर्यन सिग्देललगायतले समर्थन गरेका छन्।
पोखरेलको भिजन आफूलाई मन परेकाले समर्थन गरेको उनले बताए। सिग्देलले भने, 'उहाँको उद्देश्य देखेर उत्साहित हुँदै आज कार्यक्रममा आएको हुँ। देशभरिका युवामा यस्तै उत्साह देखियोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।