• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कर्माछिरिङ शेर्पा : जसले उचाले, उसैले पछारे

64x64
दीप सुवेदी मंगलबार, असार ७, २०७९  ०८:२९
1140x725

काठमाडौं– कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ एकताका ‘चेन्ज एन्फा’ अभियानका सहयात्री थिए। तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाविरुद्धको उक्त अभियान सफलताउन्मुख हुँदै गर्दा नेम्वाङले शेर्पालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए। 

चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ ६१ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए। पछि कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दियो। 

तर, पछिल्लो चार वर्षमा वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ र शेर्पाबीच सम्बन्ध सुमुधुर हुन सकेन। सुशासन, भ्रष्ट्राचारमा शून्य सहनशीलता, आर्थिक पारदर्शिता र सामूहिक नेतृत्व नभएको भन्दै नेम्वाङले शेर्पाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाइरहे। 

तर, आफूले गरेका प्रश्नप्रति नै वेवास्ता गरेको भन्दै नेम्वाङले जसलाई हटाउन शेर्पासँग मिलेर ‘चेन्ज एन्फा’ अभियान चलाएका थिए, पुन: उनै थापासँग मिलेर गुट जन्माए। त्यतिमात्रै होइन, उनले थापासँग सहकार्य गर्दै ‘चेन्ज कर्मा’को अभियान चलाउँदै अध्यक्षसमेत हत्याए। 

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका छन्। नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शेर्पाले ३९ मत मात्रै पाए। कूल ८४ मत खस्दा स्वतन्त्र उम्मेदवार राजीवराज पौड्यालले भने एक मत पनि प्राप्त गरेनन्। 

विशेषगरी सामूहिक नेतृत्व, पारदर्शिता, अधिकार तथा बजेटको विकेन्द्रीकरण, नेपाली फुटबलको विकास तथा खेलाडी, प्रशिक्षक, रेफ्री, जिल्ला क्लबहरूको हकहितको नारा लिएर चुनावी मैदानमा उत्रिएका नेम्वाङ शेर्पा प्यानलमाथि नै हावी भयो। नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष २, उपाध्यक्ष ३, महिला सदस्य १ र खुला सदस्यमा ७ जना निर्वाचित भए। यता, शेर्पा प्यानलबाट उपाध्यक्षमा १, महिला सदस्यमा १ र खुला सदस्यमा ३ जना निर्वाचित भए। 

खेलाडी विवादले नेम्वाङलाई फाइदा
पछिल्लो पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादले पनि नेम्वाङलाई चुनाव जित्न थप सहज भयो। नेम्वाङ आफू नै एकपटक अल्मुताइरीसँगको विवादमा फसेका थिए। 

नेम्वाङ समूह कुवेतका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ल्याउन नहुने पक्षमा थिए भन्ने हल्ला एन्फामा चल्न थालेको अहिलेदेखि होइन। लगत्तै गत साउनमा विवादमा मुछिए नेम्वाङ । उनकै कारण अल्मुताइरीले राजीनामा दिन ‘एन्फा जाँदैछु’ भनेर सामाजिक सञ्जालमा लेखेपछि ठूलो तरङ्ग मच्चियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि उनले एक मिडियामा ‘खेलाडी मात्र होइन, सबैको सोंच परिवर्तन गर्नुपर्छ’ भनेर धेरै अन्तर्वार्तामा दिएको एक सञ्चारकर्मीसँग विवाद गरेको भन्दै नेम्वाङ उजुरी गर्न शेर्पासँग पुगे। तर, शेर्पाले उनको कुरालाई वास्त गरेनन्। जसोतसो यो विवाद सुल्झियो। तर, अल्मुताइरीले गत असोजमा साफ प्रतियोगिता हुँदा सेमिफाइनलमा बंगलादेशसँगको खेलअघि राजीनामा दिएको घोषणा गरे र भारतसँग फाइनलमा हार बेहोरेपछि कतार फर्किए।

एक हिसाबमा नतिजा ठीकठाक देखियो। साफ सुरु भएको २८ वर्षपछि नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको थियो। त्यसमाथि अन्तर्राष्ट्रिय खेलमा गोल नै गर्न नसकेको आरोप खेपिरहेका खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले केही राहत दिलाएका थिए।

त्यसैले पनि नेपाली खेलाडीहरु अल्मुताइरीलाई ‘गड अफ नेपाली फुटबल’को उपनाम दिएका थिए। सामाजिक सञ्जाल होस् या मिडियाबाट शेर्पालाई अल्मुताइरीलाई फर्काउन खेलाडी र समर्थकबाट बलियो दबाब थियो। त्यसैले उनीपनि माल्दिभसबाट कतार हानिए। जसोतसो शेर्पाले अल्मुताइरीलाई फर्काएर नेपाल ल्याउनु र थप चार वर्षे सम्झौता गर्नु नेम्वाङलाई चित्त बुझेन। त्यसअघि नै नेम्वाङ समूहका एन्फा प्रवक्ताले अल्मुताइरीलाई फिर्ता नगरेको भन्दै राजीनामा समेत दिए।

पछिल्लो समय पनि यो पक्ष प्रशिक्षक अल्मुताइरीसँग रुष्ट थिए।  नेम्वाङ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रवीन्द्र चन्दका भाइ तथा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रोहित चन्दलाई अल्मुताइरीले टोलीबाट हटाए। त्यसको विरोधमा नियमित गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीले विद्रोह गरे। 

Xtrem

Xtrem

आफूविरुद्ध विद्रोह गर्ने खेलाडीलाई बाहिर राखेर अल्मुताइरीले एसियन कप छनोट खेलाए। तर, अधिकांश नयाँ खेलाडी मैदान उतारेका अल्मुताइरीले ३ खेलमा १३ गोल खुवाए र एक गोल फर्काए।

नेम्वाङ चुनावी रणभूमिमा उत्रिँदै गर्दा ११ खेलाडीमाथि अन्याय भएको भन्दै शेर्पाले न्याय दिन नसकेको आरोप लगाइरहेका थिए। यता, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा आफ्ना एक खेलाडी पनि नपरेको भन्दै अल्मुताइरीविरुद्ध खनिँदै आएका थिए। 

यो पनि पढ्नुहोस्

एन्फाका नवनिर्वाचित अध्यक्ष नेम्वाङ भन्छन्–खेलाडी र कोचको विवादबारे पहिलो बैठकबाटै निर्णय गर्छौं

नेपाल आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका गोलरक्षक विकेश कुथुले पनि साफको बेला आफूलाई अल्मुताइरीले टोलीमा नसमेटेको भन्दै एसिया कप खेल्न अस्वीकार गरेका थिए। यता, सशस्त्र प्रहरी बलका प्रशिक्षक कुमार थापा अल्मुताइरीलाई हटाउन नसक्नु एन्फाको कमजोरी हो भन्दै मिडियावाजीमा लागेको अवस्था थियो।

तर, शेर्पा उपाध्यक्षमा विज्ञानराज शर्मालाई उठाउँदै यी तीन विभागीय टोलीको मत हत्याएर ४४ मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित हुन चाहन्थे। तर, पछिल्लो समय खेलाडीसँगको विवादमा शेर्पाले खुलेर स्पष्टीकरण दिन नसक्नुले तीन विभागीय टोली मात्रै होइन, थप ३ मतदातासमेत चिढिए। जसले गर्दा उनी ६ मतले पराजित भए।

'फुटबल सञ्चालन गर्न गाह्रो छ'
शेर्पाले नतिजा स्वीकार गर्दै नेपाली फुटबल सञ्चालन गर्न एकदमै गाह्रो रहेको बताए। नेपाली फुटबलको संरचना पूर्णरुपमा नबनिसकेको भन्दै उनले नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई काम गर्न चुनौती रहेको बताए। 

‘नेपाली फुटबल सञ्चालन गर्न सोचे जस्तो सजिलो छैन। नेपाली फुटबलको फाउन्डेसन पनि पूर्ण बनेको छैन। त्यसलाई पूर्ण बनाउनु पर्छ। खेलाडीहरूले १२ महिना खेल्न सक्ने वातावरण बनाउन सक्नुपर्छ । रेफ्रीहरूलाई त्यही रूपमा तयार गर्नुपर्छ। नेपाली फुटबल जब पूर्ण व्यावसायिक बनाउन सक्दैन तबसम्म रियाक्सन मात्र गरेर हुँदैन,’ शेर्पाले भने।

शेर्पाले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै फुटबलबाट टाढा नरहने बताए। क्लबको ग्रास रुट विकास र एकेडेमी स्थापनामा ध्यान दिने बताए। ‘काम गर्न जिम्मेवारी पाउनु भएको छ, त्यो सफलतापूर्वक निर्वाह गर्न सफल हुनुहोस्। मेरो तर्फबाट कुनै अवरोध हुँदैन। राम्रो गर्नका निम्ति मेरो सधै सहयोग हुनेछ। ए डिभिजन लिगको अध्यक्ष भएका कारण नेपाली फुटबलबाट टाढा हुन्नँ। तर, फोहोरी राजनीतिबाट टाढा हुन्छु,’ उनले भने।

यी भए निर्वाचित
एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बीरबहादुर खड्का निर्वाचित भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका लागि निर्वाचित भए।

खड्काले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ४० मत पाए । यस्तै, उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भए।

दावाले सर्वाधिक ४८ मत ल्याए। शाही र खतिवडाले समान ४७ मत ल्याए । केसीले नेम्वाङ प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए। 

महिला सदस्यमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भइन्। सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन्। शेर्पा प्यानलबाट उम्मेदवार रहेकी विना श्रेठले ४० तथा नेम्वाङ प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन्। दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए।

साधरणसभाबाट पंकजविक्रम नेम्वाङबाट ७ र कर्माछिरिङ शेर्पा प्यानलबाट ४ गरी ११ जना खुला सदस्य निर्वाचित भए।

१३ सदस्य चुनिने व्यवस्था भएपनि ४ जना उम्मेदवारको समान ३९ मत आएको थियो। त्यसपछि पुन: निर्वाचन गराउन नसकिने भन्दै विशेष साधरण सभाबाट ४ जनाबीच निर्वाचन गराई २ सदस्य छानिने एन्फाले जनाएको छ।

दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन्। यीमध्ये दीपक, रुपेश र लोकेन्द्र शेर्पा प्यानलका उमेदवार हुन्। एन्फाको विधान, फिफा र एएफसीको नियमहरु सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिहरुको राय र सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने र निर्वाचन समितिले ११ जना सदस्यलाई निर्वाचित घोषणा गरेका छन्।

मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ थापा ४० मत पाएर निर्वाचित भएका छन्।

निर्वाचित हुनेमध्ये मनिष, रमेश, मणि, टिका र भरत शेर्पा प्यानलका हुन्। भरत अन्तिम समयमा नेम्वाङ प्यानलमा उभिएका थिए। उनलाई दुवैतर्फबाट मत खसेको थियो। अनिल, रविन्द्र, विकास, भोजराज, महेन्द्र र पुरुषोत्तम नेम्वाङ प्यानलका हुन्।

१३ सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको थियो। २१ सदस्यीय कमिटीका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कूल ५० जनाको उमेदवारी परेको थियो। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। 

निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो।

एन्फाको नवनिर्वाचित कमिटी
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्