काठमाडौं– प्रतिनिधि सभाबाट ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ पारित भएको छ। सोमबारको बैठकले सो विधेयक पारित गरेको हो।
सोमबारै भएको दफावार छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिएका थिए। त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत भएको थियो। जुन बहुमतबाट पारित भएको हो।
आर्थिक विधेयकमाथि अर्थमन्त्री शर्माले जवाफ दिन समय पाएपछि एमाले सांसदहरुले भने सदन बहिस्कार गरेका थिए। त्यसपछि आर्थिक विधेयक, ऋण उठाउने विधेयक र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक पारित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।