फाइल तस्बिर
काठमाडौं–नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासमा घरायसी र व्यापारिक प्रयोजनको लागि फरक मूल्य निर्धारण गर्ने भएको छ। निगमले असार मसान्तअगावै व्यापारिक तथा घरायसी प्रयोजनका लागि छुट्टा–छुट्टै मूल्य कायम गर्ने भएको हो।
निगमले ग्यासको दोहोरो मुल्य कायम गर्नका लागि अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन बुझाएपछि दोहोरो मूल्य कायम गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले जानकारी दिए।
उनका अनुसार निगमले सिलिण्डरको आकार, रङ्ग, ग्यास गन्धको आधारमा व्यापारिक प्रयोजन र घरायसी प्रयोजन छुट्याएर मूल्य निर्धारण गर्नेछ।
उक्त अध्ययन समितिले असार मसान्तअगावै प्रतिवेदन बुझाउने र सोहीअनुसार नयाँ मूल्य कायम हुने थानीको भनाइ छ। ग्यासमा दोहोरो मूल्य निर्धारण गर्दा घरायसी प्रयोजनका ग्यास सस्तो पर्न सक्ने थानीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।