आरजु राणा देउवा (फाइल तस्बिर)
पोखरा– नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालको पेज 'रुटिन अफ नेपाल बन्द' किनेर चुनाव जितेको दाबी गरेकी छिन्।
पोखरामा आयोजित एक कार्यक्रममा उनले भनिन्, 'अहिले जनि पनि स्वतन्त्र जितेका छन् नि। उनीहरुले एउटा-एउटा गुण पहिचान गरेर नेता बनेका हुन् तपाईंले हेर्नुभयो सामाजिक सञ्जाल। बालेन शाहले कतिमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई?'
उनले त्यसलाई विश्लेषण गरेर परिचालन गर्दै शाहले राजनीति गरेको बताइन्। तर देश पार्टीका मान्छेले नै चलाउने उनको दाबी छ। नेपाली कांग्रेसले गर्दा स्वतन्त्र उठ्न पाएको पनि उनले टिप्पणी गरिन्।
उनको भनाइ छ, 'संविधान लेख्ने बेला स्वतन्त्र राख्ने कि नराख्ने, थ्रेस होल्ड राख्ने कि नराख्ने विषयमा यति धेरै विवाद भएको थियो। हाम्रो त ३२ देखि ३४ प्रतिशत घट्दैन। एउटा मान्छेको पनि भनेको कुरा सुन्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो भनेर स्वतन्त्र उठ्न पाउने प्रावधान राख्यौं। हामीले लेखेको त्यही प्रावधानका आधारमा स्वतन्त्र उठेको हो।'
उनले स्वतन्त्र उठ्ने ह्वीम चलेको बताइन्। थपिन्, 'पत्रकार पनि पत्रकारिता छाडेर राजनीतिमा लागेको छ। कलाकार कलाकारिता छाडेर राजनीतिमा लागेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।