काठमाडौं– नेकपा एमालेका सांसद्हरुले सोमबारको प्रतिनिधि सभा बैठक पनि बहिस्कार गरेका छन्।
सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७९ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन समय दिएका थिए। तर, एमालेका सांसदहरुले यथास्थानमा उठेर विरोध जनाएका थिए।
त्यसपछि एमालेको तर्फबाट धारणा राखेका सांसद गोकुल बाँस्कोटाले मन्त्री शर्माको राजीनामा मागेका थिए। उनले मन्त्री शर्मामाथि छानबिन हुनुपर्ने माग पनि गरे।
शर्माको जवाफ सुन्न जनता तयार नभएको भन्दै बास्कोटाले आफूहरुले सदनको बैठक बहिस्कार गर्न जानकारी गराएका थिए।
त्यसपछि एमाले सांसदहरु बाहिरिएका थिए। मन्त्री शर्माले भने जवाफ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।