काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको भेटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सरकार सामेल नरहेको र नहुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा देउवाले उक्त प्रतिवद्धता जनाएका हुन्।
एसपीपीले आमजनमा संशय सिर्जना गरेको बताउँदै सरकारले प्रष्ट रुपमा बताउनुपर्ने माग महामन्त्रीद्वयको थियो। उनीहरुले देउवालाई भने, 'एसपीपी अहिले सार्वजनिक चासोको विषय बनेको छ। यसका प्रावधान नेपालको हितमा देखिदैनन्। त्यसैले यसको च्याप्टर क्लोज गर्नुपर्छ।'
जवाफमा देउवाले आफू यस विषयमा स्पष्ट रहेको बताए। उक्त विषयलाई अघि नबढाउने कुरामा सार्वजनिक रुपमै बताइसकेको उल्लेख गरेका थिए। देउवाको भनाइ उदृत गर्दै महामन्त्री शर्माले भने, 'हाम्रो धारणा सार्वजनिक रुपमै आइसक्यो। यो सरकार एसपीपीमा सामेल छैन र हुँदैन।'
नेपालको परराष्ट्र नीतिप्रति सजग रहेको भेटका क्रममा देउवाले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।