काठमाडौं– नेकपा एमालेका सांसद नवराज सिलवालले 'यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया हो?' भन्ने प्रश्न गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारको 'वेलफेयर स्टेट'वाला अनुहार नराम्ररी कुरुप बनेको बताए।
'एकै रातमा मट्टितेल डिजेलमा २७ रुपैयाँ प्रतिलिटर, पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर बढाएर यो सरकार जनतामाथि मजाक गरिरहेको छ', उनले भने।
गठबन्धन सरकार आफ्नो कर्तव्यबाट च्युत भएको जनताले अनुभूति गर्न थालेको सिलवालले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।