काठमाडौं– कांग्रेस सांसद डिला संग्रौलाले जग्गाको वर्गीकरण नगरी धितो राख्न नदिने सरकारको नीतिमा पुनर्विचार गर्न आग्रह गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले उक्त माग गरेकी हुन्।
उनले भनिन्, ‘सरकारले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था गरेपछि वैदेशीक अध्ययन गर्न जाने सयौं विद्यार्थी मर्कामा परेका छन्। त्यसैले यो निणर्यमा पुनर्विचार गर्न सरकारसँग माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।