काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग कहिले अघि बढ्छ भन्दै प्रश्न गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगबारे प्रश्न गरेका हुन्।
उनले भने,‘यो सदनबाट महाअभियोग प्रस्ताव गर्न समिति बन्यो। सभामुखकै प्रस्तावबाट महाअभियोगमाथि छलफल गर्न जुन समीति बनेको थियो, त्यसले अहिले काम पाएको छैन। कहिले काम पाउने हो?’
महाअभियोगको प्रस्ताव दर्ता गर्ने प्रस्तावक नै प्रस्तावबाट भागेको पनि पण्डितले टिप्पणी गरे। पण्डित महाअभियोग छलफल समितिका एमालेले सिफारिस गरेका सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।