काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन्। सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देश गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन्।
सोमबार प्रतिनिधि सभा बैठकको सुरुमै एमाले सांसद पद्मा अर्यालले पेट्रोलिय पादर्थमा भइरहेको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
अर्यालले मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गर्न आग्रह गर्दै रुलिङ नभए संसद् चल्न नसक्ने बताएकी थिइन्। त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिबारे वास्तविकता जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।