काठमाडौं– आफ्नो कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्राप्त हुनेगरी नबिल बैंकले कतार एयरवेजसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कार्ड प्रयोगकर्ताहरूले यूरोप, अमेरिका र अफ्रिकाको हवाई टिकट खरीदमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। यो छुट १७ असारदेखि लागू हुनेछ।
आइतबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बिजनेस क्लास र इकोनोमिक क्लासको हवाई टिकटमा छुट लागू हुनेछ। यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।