काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन्।
काठमाडौं महानगरका प्रमुख शाहले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति र कार्यक्रम प्रशंसनीय रहेको थापाले उल्लेख गरेका हुन्।
काठमाडौंको समग्र विकासका लागि संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लागेको उनले उल्लेख गरेका हुन्।
'आशा आकांक्षा असिमित हुन्छन्। यो पनि, त्यो पनि भैदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो। तथापि काठमाडौँको समग्र विकासको निम्ति बालेन शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ' थापाले सामाजिक सञ्जालमा भनेका छन्, 'संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो लाग्यो। कार्यान्वयनको लागि शुभकामना।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।