• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साहुकारको धन्दा : डेढ लाखको ब्याजमा ९ लाख र ३ कट्ठा जमिन सकियो, अझै ९ लाख बाँकी!

रामशुभागको दृढता, ‘बरु भोकै मर्छौँ, तर साहुबाट मुक्त भएर मात्र फर्कन्छौँ।’
64x64
धनु विश्वकर्मा आइतबार, असार ५, २०७९  १९:००
1140x725
रामशुभाग मुसहर

काठमाडौं-माइतिघर मण्डलामा पट्यारलाग्दो घाम छ। टाउकोमा सेतो गम्छा बाँधेका छन्। दारी सेताम्मे छन्। हातमा दुध चिया र जेरी छ। प्रचण्ड गर्मीलाई चुनौती दिन बकाइनका रुख नजिक भुइँमा बसेका छन्। उनी रामशुभाग मुसहर (६३) हुन्।

उसो त तराईको रापबाट आएका रामशुभागलाई राजधानीको तातो उस्तो धेरै छैन। बरु साहुकारको मिटरब्याजले भत्भती पोलेको छ। 

रामशुभागको घर नवलपरासी पश्चिमको सुस्ता–५, रतनगंजमा पर्छ। उनका चार छोरा र एक छोरी छन्। सबैको विवाह भइसकेको छ। जेठा छोरा रामनाथ, माइला रामनन्द, साइँला राजकिशोर र कान्छा छोरा रामजीवन हुन्। रामजीवन पनि धर्ना दिन बाबुसँगै काठमाडौं आएका छन्। 

अहिले रामशुभागको परिवारमा चार छोराबुहारी र नातीनातिना गरी २० जनाको ठूलो परिवार छ। तर, यो परिवार भूमिहीन बनेको छ।

यति, ठूलो परिवारको बाँच्ने आधार मजदुरी मात्र भएको उनले बताएका छन्। उनको जग्गाजमिन सबै साहुले कब्जा गरिसकेको छ। अब एउटा घडेरी मात्र बाँकी छ। तीन कट्ठा जमिनमा घर बनाएका छन्। खेतीपाती लगाउने जमिन भने छैन। श्रीमती सुरसति मुसहर अरुकोमा गएर काम गर्छिन्। उनले कुनै पनि सन्तानलाई विद्यालयको आँगन टेकाउन सकेनन्। 

जेठो छोरा रामनाथले मलेसिया जान जगदीश बानियाँसँग १ लाख ५० हजार कर्जा लिएका थिए। छोरा विदेश गएपछि परिवारको आर्थिक संकट टर्ला भन्ने आशा थियो। तर, रामनाथको कमाइ राम्रो भएन। उनी डेढ वर्ष बसेर स्वदेश फर्किए। उनी फर्किएको पनि चार वर्ष भइसकेको छ।

यता साहुले १ लाख ५० हजार ऋणलाई ३ लाखको तमसुक बनायो। साहुकार जगदीश बानियाँको नियम नै ऋण दिएभन्दा दोब्बर तमसुक बनाउने थियो। रामशुभागले पनि लिँदै नलिएको थप डेढ लाखमा हस्ताक्षर गरे।

बैंकमा सरकारी कागजात, नीति नियमको झन्झटबाट उम्कन साहुले सजिलै दिने ऋण गाउँलेहरूले लिने गरेका थिए। गाउँका हजारौँले ऋण लिएका छन्। तर, ५०० जनाको भने आफ्नोजस्तै घरबास नै गुम्ने अवस्था भएको रामशुभाग बताउँछन्। ऋण दिने साहुकारमा जगदीशसहित सुनिल बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

छोराको कमाइ राम्रो नभएपछि साहुले उनी जमिन बेच्दै ऋण तिर्न थाले। उनले पहिलोपटक चार लाख र दोस्रो पटक पाँच लाख गरेर जम्मा नौ लाख रुपैयाँ तिरिसकेका छन्। उनले तीन कट्ठा जग्गा धितोसमेत राखिसकेका थिए। साहुले ढिला कर्जा चुक्ता गरेको भन्दै मानसिक तनाव दिएर धितोमा राखेको जग्गा पनि लिलाम गरिदियो। पछि धितोमा राखेको तिन कटठा लिलाम गरिदियो। त्यो जग्गा श्रीमतीको नाममा थियो।

ऋण लिएको सात वर्षमा उनको सबै सम्पत्ति गुमिसकेको छ। तीन छोरा मलेसिया र एक जना कतार गएर फर्केका छन्। तर, अहिले साहुले घर न घाटको बनाएका छन्।

कान्छो छोरा कतार गएर १५ दिनमा फर्किए। २० जनाको परिवार पाल्न सकस भएको बेला उनलाई साहुको ऋणले पोल्न छाडेको छैन। डेढ लाख ऋण लिएका उनले नौ लाख तिरिसकेका छन् भने तीन कट्ठा जग्गा पनि साहुले लिलाम गरेको छ। तर, अझै नौ लाख तिर्न बाँकी भएको भन्दै साहुकार बानियाँले मानसिक तनाव दिएपछि उनी अन्य पीडितसँगै धर्ना बस्न काठमाडौं आएका हुन्।

आफूले निकालेको कर्जाका कारण आफ्नो तीन पुस्ताले दुःख पाएको रामशुभाग गुनासो गर्छन्। उनी भन्छन्, ‘जेठो नाति १२ कक्षामा पढ्छ, हजुरबा हामी छौँ नि भनेर सान्त्वना दिन्छ।’ यति भनेर उनी भक्कानिए।

रामशुभागलाई सम्हालिन निकै बेर लाग्यो। अनि फेरि बोल्न थाले, ‘मेरो कारणले मेरा छोरा–नातिले सम्म दुःख पाए।। नातिनातिना सबै विद्यालय जान्छन्। जग्गाजमिन छैन। बादल छेक्ने एक सानो झुपडी छ। अब त्यो पनि कहिले जाने हो टुंगो छैन।’

गाउँका धेरै जना ठगिएपछि न्यायका लागि सामूहिक प्रयत्न थाले। रामसुरत गुप्ताको अध्यक्षतामा मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति बनाए। सहसचिव उनै रामशुभाग छन्। समितिले जिल्ला प्रहरी कार्यालय नवलपरासी, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोग र सम्पति शुद्धिकरण विभागमा निवेदन दिएको छ। तर, न्याय पाउने आशा मर्दै गयो। अनि उनीहरू माइतिघर मण्डला आइपुगे।

तमसुक फिर्ता गरिनुपर्ने रामशुभागको माग छ। बन्धकीमा रहेको जग्गा फुकुवा हुनुपर्ने, चर्को मिटरब्याजबाट असुलेको पैसा फिर्ता गर्नुपर्ने उनीहरूले माग राखेका छन्। तर, माग सरकारले सुन्छ सुन्दैन भन्ने पत्तो छैन।

काठमाडौंमा धर्ना बस्न थालेपछि साहुकार बाँनियाका दाजुभाइले तारन्तर फोन गर्ने गरेका छन्। उनीहरुले आन्दोलन छाडेर गाउँ आए समस्या समाधान गरिदिने आश्वासन दिन थालेका छन्। ‘पहिला पनि यस्तै भन्दै ठगे। अहिले पनि ढाँट कुरा गर्दैछन्,’ रामशुभाग भन्छन्।

उनीहरू धर्ना बसेको चार दिन भैसकेको छ। उताबाट ७० जनाको समूहमा मिसिएर रामशुभाग काठमाडौं आएका हुन्। सबैजनाले पैसा उठाएर ७० हजार गाडीभाडा तिरे। अहिले गौशालाको बसपार्कमा बस्दै आएका छन्।

धर्नामा भने १४ जना छन्। घरबाट ल्याएको सामल सकिइसकेको छ। होटेलमा बस्ने पैसा छैन। आइतबार बिहानदेखि खाना खान बन्द भएको उनले दुखेसो पोखे। बसपार्कबाट माइतिघर आएर उनले बल्ल चिया पिए। ‘बरु भोकै मर्छौँ, तर साहुको तनावबाट मुक्त भएर मात्र जान्छौँ,’ उनले दृढता व्यक्त गरे। 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्