काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीका तीन जना नेतालाई विभिन्न पदमा मनाेनित गरेका छन्।
उनले पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्षमा मनोनित गरेका छन्।
यस्तै, केन्द्रीय सदस्य डा नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनित गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए।
यस्तै केन्द्रीय सदस्य विक्रम वमलाई पार्टीको प्रवक्ता पदमा मनोनित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।