• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के जुलियन असान्जको जीवन खतरामा परेको हो?

64x64
नेपाल लाइभ सोमबार, असार ६, २०७९  १०:५४
1140x725

बेलायतकी गृहमन्त्री प्रिति पटेलले शनिबार विकिलिक्सका सहसंस्थापक जुलियन असान्जलाई अमेरिका सुपुदर्गी गर्ने निर्णय स्वीकृत गरेकी छिन्। यद्यपि, उक्त स्वीकृतिविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भएको छ। असान्जका वकिलहरूले पुनरावेदनको तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बेलायतको एक अदालतले असान्जलाई अमेरिका सुपुदर्गी गर्न अघिल्लो महिना आदेश दिएको थियो। उक्त आदेश गृहमन्त्री पटेलसमक्ष पुगेको केही समयपछि उनले सुपुदर्गीका लागि स्वीकृति दिएकी हुन्। अमेरिकामा असान्जमाथि इराक र अफगानिस्तान युद्धसम्बन्धी दस्तावेज सार्वजनिक गरेको आरोपमा मुद्दा चलिरहेको छ।

गृहमन्त्री पटेलले असान्जको अमेरिका सुपुदर्गीका लागि ‘हरियो झन्डा’ देखाएलगत्तै विकिलिक्सले वक्तव्य जारी गरेर त्यस निर्णविरुद्ध पुनरावेदन गर्ने जनाएको हो। ‘आज नै संघर्षको अन्त्य भएको छैन,’ वक्तव्यमा भनिएको छ, ‘यो नयाँ कानुनी लडाइँको सुरुआत मात्र हो। हामी कानुनी प्रणालीमार्फत नै पुनरावेदन गर्दैछौँ, अब उच्च अदालत जानेछौँ।’ असान्ज एक जना प्रकाशक र पत्रकार भएको तथा उनले कुनै गलत काम नगरेको विकिलिक्सको दाबी छ। 

असान्जलाई अहिले लन्डनको बेल्मार्स जेलमा थुनिएको छ। त्यहीँबाट उनले अमेरिका सुपुर्दगीविरुद्ध लामो लडाइँ लडेका छन्। लन्डनमा भएको पत्रकार सम्मेलनमा असान्जकी पत्नी स्टेला असान्जले भनिन्, ‘हामी हाम्रो यात्राको अन्त्यमा पुगेका होइनौँ। हामी संघर्ष गर्न गइरहेका छौँ। हामी उपलब्ध हरेक उपाय अपानाउने छौँ। जुलियन असान्जलाई छुटाउन र न्याय दिलाउन हरेक समय संघर्ष गर्नेछौँ।’

असान्जलाई अमेरिकामा १८ वटा मुद्दा लगाइएको छ र कुल १७५ वर्ष जेल सजाय माग गरिएको छ। उनलाई मूलरूपमा ‘ह्याकिङ’, ‘एडिङ’ र ‘पब्लिसिङ’ सम्बन्धी मुद्दा लगाइएको छ। उनलाई जासुसीको पनि आरोप छ। उनले जासुसी गरी सैन्य र कुटनीतिक सूचना चुहाएर धेरैको ज्यान खतरामा पारेको वासिंगटनको आरोप छ।

को हुन् जुलियन असान्ज?
५१ वर्षीय जुलियन असान्ज अस्ट्रेलियन नागरिक हुन्। उनी संसारभरका गोप्य दस्तावेजहरू सार्वजनिक गर्ने साइट विकिलिक्सका सहसंस्थापक र प्रधानसम्पादक थिए। उनले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए। यो संस्था सन् २०१० मा संसारभरि सबैभन्दा धेरै नाम लिइएकोमध्ये एउटा थियो।

सन् २०१० मा विकिलिक्सले अमेरिकी सरकारका गोप्य र अतिगोप्य भनिएका दस्तावेज सार्वजनिक गरेको थियो। ती दस्तावेज विशेषगरी इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित थिए। विकिलिक्सले सार्वजनिक गरेका करिब २५ हजार कुटनैतिक दस्तावेजहरू गार्जियनलगायत विभिन्न मिडियामा प्रकाशित भएका थिए। विकिलिक्सले स्थापनाको १० वर्षमा संसारभरिका एक करोड दस्तावेज सार्वजनिक गरेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुले १२ जुलाई २००७ मा सार्वजनिक गरेको दस्तावेज र भिडियो अमेरिकासम्बन्धी पहिलो गोप्य सूचना थियो। त्यस भिडियोमा इराक युद्धमा अमेरिकाले बगदादको सडकमा हेलिकोप्टरबाट गोली हानेर आठ जनाको हत्या गरेको दृश्य थियो। आठ जनामध्ये दुई जना रोयटर्सका पत्रकार थिए। त्यस समूहमा केही बन्दुक बोकेका मान्छे पनि थिए। हेलिकोप्टरबाट समूहमा रहेका आठै जनामाथि गोली वर्षाइएको थियो। त्यसपछि सन् २०१० सम्म विकिलिक्सले लगातार अमेरिकासम्बन्धी दस्तावेज सार्वजनिक गरिरह्यो।

सन् २०१० मा अमेरिकाले दस्तावेज चुहाएको सम्बन्धी अपराधको अनुसन्धान थालेको थियो। असान्जलाई ती दस्तावेज अमेरिकी सेनाकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङले दिएकी थिइन्। उनलाई सन् २०१० मा नै अमेरिकाले पक्राउ गरेर ३५ वर्षका लागि जेल हालेको थियो। तर, अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनको कैद सजाय सात वर्षमा झारिदिएपछि उनी २०१७ जनवरीमा छुटेकी थिइन्।

यसरी म्यानिङलाई प्रयोग गरेर अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्ने असान्ज कम्युटर प्रोग्रामिङ, गणित र भौतिकशास्त्रका विद्यार्थी थिए। उनले सेन्ट्रल क्वीन्स्ल्यान्ड युनिभर्सिटी र युनिभर्सिटी अफ मेलबर्नमा अध्ययन गरे पनि आफ्नो पढाइ भने पूरा गरेनन्।

सन् १९९३ मा असान्जले कम्युटरसम्बन्धी आफ्नो क्षमता प्रयोग गरेर भिक्टोरियन प्रहरीको बाल शोषण इकाईलाई बालबालिकासम्बन्धी ‘पोर्नोग्राफी’ र अश्लील प्रकाशनमा जिम्मेवार व्यक्तिमाथि मुद्दा चलाउन सहयोग गरे। उनले अस्ट्रेलियामा इन्टरनेट प्रदायक संस्था र ‘प्रोग्रामिङ’ पनि सुरु गरे। त्यसपछि उनले इन्टरनेटमा आधारित धेरै काम गरे।

Xtrem

Xtrem

उनले सन् १९९९ मा नै लिक्स डट ओआरजी दर्ता गरेका थिए। तर, यसबाट कुनै काम भने गरेका थिएनन्। साथीहरूसँग मिलेर उनले सन् २००६ मा त्यसैलाई विकिलिक्स बनाए। त्यो नै उनको जीवनको सबैभन्दा ठूलो घुम्ती थियो।

यसकारण खतरामा छ असान्जको जीवन
विकिलिक्सले लगातार अमेरिकासम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरेपछि सन् २०१० मा यसबारे अमेरिकी संसदमा छलफलसमेत भएको थियो। एक हप्ता चलेको छलफलमा कतिपय सांसदले त असान्जलाई विन लादेनजस्तै आतंकवादी घोषणा गर्नुपर्ने बताएका थिए।

डोनाल्ट ट्रम्पको शासनकालमा अमेरिकी गुप्तचार निकाय सीआईएले असान्जको अपहरण वा हत्याको योजना बनाएको पनि खुलासा भएको थियो। विकिलिक्सले सीआईएका संवेदनशील ‘ह्याकिङ टुल्स’ अनलाइनमा प्रकाशित गरेपछि यस्तो योजना बनेको बताइएको थियो।

असान्ज सन् २०१० मा स्वीडेन गएका थिए। उनलाई त्यहाँ यौन दुर्व्यवहारसम्बन्धी दुई वटा आरोप लगाइएको थियो। उनीमाथि स्टकहोम प्रहरीले सोधपुछ पनि गरेको थियो। असान्जले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि बन्द गरिएको यो केस पुनः खोलिएको थियो। त्यसपछि उनी सेप्टेम्बर २०१० मा बेलायत फर्किए। स्वीडिस प्रहरीले नोभेम्बर २०१० मा उनीमाथि अन्तर्राष्ट्रिय वारेन्ट जारी गरेको थियो। स्वीडेनले अमेरिकाको दबाबमा यो कदम चालेको आरोप लागेको थियो।

स्वीडेनमा ‘अति नारीवादी’ रहेका भन्दै त्यसलाई उनले ‘साउदी अरबियन नारीवादी’ भनेका थिए। तर, बेलायतमा पनि उनको केही जोर चलेन र लन्डल प्रहरीसामु आत्मसमर्पण गरे। स्वीडेनले उनको सुपुदर्गी माग गरेको थियो। बेलायतको अदालतले उनलाई सुपुदर्गी गर्ने फैसला दियो। सन् २०१२ मा उच्च अदालतले पनि यो फैसला सदर गरेपछि उनी स्वीडेन हुँदै अमेरिका सुपुर्दगी हुनसक्ने डरले लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिन पुगेका थिए।

उनी सन् २०१९ सम्म, करिब सात वर्ष इक्वेडरको दूतावासमा नै बसेका थिए। तर, इक्वेडरले असान्जलाई दिइएको शरण समाप्त भएको जनाएपछि प्रहरीले उनलाई लन्डनस्थित दूतावासभित्रै प्रवेश गरेर पक्राउ गरेको थियो। इक्वेडरले असान्जलाई मृत्युदण्ड दिइने राष्ट्रहरूमा सुपुर्दगी नगर्ने सहमतिपछि शरण रद्द गरिएको जनाएको थियो। यद्यपि, बेलायतको फैसला र गृहमन्त्री पटेलले शनिबार मात्र स्वीकृति दिएको उक्त आदेशले अमेरिका सुपुर्दगी हुनु इक्वेडरसँगको सम्झौता उल्लंघन हो। अमेरिका मृत्युदण्ड दिने देशमा पर्छ। त्यहाँका २७ राज्यमा मृत्युदण्डको कानुन छ।

बेलायतले अमेरिका सुपुर्दगी गर्न लागेको प्रति असान्जको देश अस्ट्रेलियाले भने असन्तुष्टि जनाएको छ। अस्ट्रेलियाको नयाँ सरकारले असान्जविरुद्धको मुद्दा निकै लामो समय चलेको र अब बन्द गरिनुपर्ने बताएको छ। बेलायती गृहमन्त्री पटेलको निर्णयपछि अस्ट्रेलियाका विदेशमन्त्री र महाधिवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनको मुद्दा अब बन्द गरिनुपर्छ भन्ने हाम्रो दृष्टिकोण बेलायती र अमेरिकी सरकारसम्म पु¥याउन चाहन्छौँ।’

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ मिनेटमै फ्रान्सको ४ गोल
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्