काठमाडौं- आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विषयमा पनि छलफल भएको छ।
बैठकमा एसपीपीको विषयमा व्यापक छलफल भएको र आफूहरुले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले जानकारी दिए।
प्रधानमन्त्री देउवाले पनि बैठकमा आफू एसपीपीको पक्षमा नरहेको भनेर स्पष्ट पारेको खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।