काठमाडौं- रुपन्देहीको मर्चवारी गाउँपालिकामा उपाध्यक्षका नातेदारको मृत्युमा सार्वजनिक बिदा दिइएको छ।
मर्चावरी गाउँपालिका रायपुर, रुपन्देहीको नवनिर्वाचत उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परि मृत्यु भएको भन्दै गाउँपालिकाले पालिकासहित सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा नीजि विद्यालय र अन्य संघ संस्था बन्द गर्न सूचना जारी गरेको छ।
'उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने आज मिति २०६९/०३/०५ गतेका दिन आइतबार दुर्घटनामा परि असामयिक अल्पआयुमा स्वर्गारोहण' भएको सूचनामा जनाइएको छ।
मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, 'आज मिति ०३/०५ गतेका दिन यस कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघसंस्थाहरुसमेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।