कालिकोट– कालिकोटको नरहरीनाथ–८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पत्ति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण संकलन गरिएको छ।
खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण संकलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।
‘मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ,’ उनले भने, ‘२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्याउनाका साथै दुई पक्की पुल, छ वटा बाख्रा र एक भैँसी बगाएको छ।’
प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पु¥याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको धानको बीउ पनि पुरेको उनले जानकारी दिए।
क्षतिको सम्पूर्ण विवरण संकलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।