काठमाडौं– चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले बिहीबारदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ।
नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए।
सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढङ्गबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताए।
सो अवसरमा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो। नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ।
राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको महावाणिज्यदूत ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।