• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आठ महिनादेखि अलपत्र राज्य व्यवस्था समिति

64x64
नेपाल लाइभ बिहीबार, असार २, २०७९  ०८:३५
1140x725

काठमाडौं- प्रतिनिधि सभाको जेठ २५ गतेको बैठकमा कांग्रेस सांसद् अमरेशकुमार सिंहले व्यंग्यात्मक रुपमा दुइटा संस्था खारेजीको माग गरे। पहिलो, उपसभामुख। दोस्रो, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति।

राज्य व्यवस्था समितिबारे सिंहको भनाइ थियो- 'यो समिति एक सालदेखि निष्क्रिय छ। संसद् विघटनको बेला मात्रै होइन, सरकार बनेपछि पनि निष्क्रिय छ। त्यो चाहिँदैन भने खारेज गरौँ। त्यो समितिका सदस्यहरुलाई अर्को समितिमा पठाउन म सभामुखलाई आग्रह गर्छु।'

सिंह सोही समितिका सदस्य हुन्। उनले त्यसो भन्नुको कारण विगत आठ महिनादेखि समितिको बैठक बस्न सकेको छैन। अन्तिम पटक २०७८ असोज २० गते बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको वार्षिक प्रतिवेदनबारे तयार उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो। त्यसयता समितिको बैठक बस्न सकेको छैन नै, अब कहिले बस्छ भन्ने निश्चित पनि छैन।

बैठक रोकिनुको मुख्य कारण हो, समितिको तत्कालीन सभापति शशी श्रेष्ठ मन्त्री बन्नु। अन्तिम बैठक बसेको पर्सिपल्ट अर्थात्, असोज २२ गते नै श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन्। समितिको कार्यविधिमै सभापतिले बैठक बोलाउने व्यवस्था छ। तर, सभापति नै मन्त्री भएपछि समितिको बैठक बोलाउने व्यक्ति भएन। त्यसपछि आफूहरुको समिति निष्क्रिय भएको समितिका सदस्यहरुको भनाइ छ।

तत्कालीन सभापति श्रेष्ठका अतिरिक्त सोही समितिबाट अन्य पाँच जना सदस्यहरु पनि मन्त्री बनेका थिए। जनार्दन शर्मा, महेश्वर गहतराज, दिलेन्द्र बडू, राजेन्द्र श्रेष्ठ र रामसहाय यादव मन्त्री बन्नुअघि सोही समितिका सदस्य थिए। अहिले शर्मा अर्थमन्त्री; गहतराज युवा तथा खेलकुद मन्त्री; बडू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री; श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र यादव वन तथा वातावरण मन्त्री छन्।

समितिमा तत्कालीन समयमा रहेका २७ सदस्यमध्ये ६ जना मन्त्री भएपछि समितिमा सदस्य संख्या मात्रै घटेन, त्यहाँभित्रको शक्ति संरचनामा पनि परिवर्तन आएको छ। आगामी बैठकलाई प्रभाव पार्ने अर्को विषय यो पनि हो। अहिले २४ जना मात्रै सदस्य छन्। तीन जनाको पूर्ति हुन बाँकी छ।

माओवादी केन्द्रकी सांसद् तथा सोही समिति सभापति यशोदा सुवेदी गुरुङ समिति बैठक बोलाउन पहल भइरहेको भए पनि केही प्राविधिक विषयले असर पारेको बताउँछन्। उनका अनुसार, सभापति नभएपछि ज्येष्ठ सदस्यको नेतृत्वमा बैठक बोलाउन सकिन्थ्यो। तर, ज्येष्ठ सदस्य मीना पाण्डे लामो समयदेखि  बिरामी छिन्। त्यसैले उनी आएर समितिको बैठक सञ्चालन गर्न सम्भव छैन।

अर्कोतर्फ, समितिले पूर्णता पाउन सकेको छैन। समितिले पूर्णता नपाएका कारण सभापति चयन गर्न वा बैठक बस्न सान्दर्भिक हुँदैन। 'समितिले पूर्णता नपाइकन ज्येष्ठ सदस्यको नेतृत्वमा बैठक बस्दा ३० दिनभित्र सभापति चयन गर्नुपर्छ। त्यतिञ्जेल समितिले पूर्णता पाएन भने समस्या हुन्छ। यस्तै यस्तै जरुरी कुरा छन्', सुवेदीले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

चार महिनादेखि गुमनाम राज्य व्यवस्था समिति: सभापति मन्त्री बनेपछि बैठक नै बन्दसोमबार, माघ १७, २०७८

उनले नेकपा माओवादी केन्द्रको तर्फबाट समितिमा सबै सदस्य पठाइसकिएको बताइन्। 'नेपाली कांग्रेस र जसपाको तर्फबाट सबै सदस्यको नाम आएको छैन', उनले भनिन्, 'उहाँहरुले पनि आफ्नो प्रतिनिधि नहुँदासम्म (बैठक बस्न र सभापति चयन गर्न) हुँदैन भन्नुहुन्छ। प्रतिनिधि छिटो पठाउनुपर्‍यो भनेर हामीले ताकेता गरिरहेका छौँ। सम्भवतः यो हप्तासम्ममा होला।'

कारणहरु विभिन्न भए पनि सरकारका गतिविधिमा निरन्तर निगरानी राख्ने र निर्देशनहरु दिइरहने, महत्त्वपूर्ण र संवेदनशील विधेयकमाथि छलफल गरिरहने र विभिन्न अध्ययन प्रतिवेदनहरु तयार पारिरहने महत्त्वपूर्ण समितिको बैठक बस्न सकेको छैन। जबकि, यसबीचमा राज्य व्यवस्था तथा सुशासन समितिको क्षेत्राधिकार र चासो जोडिने कैयौँ घटना भइसकेका छन्।

यसअघि, बारम्बार बैठक बस्ने सक्रिय समितिमा राज्य व्यवस्था तथा सुशासन समिति पनि पर्थ्यो। सामान्य अवस्थामा मात्रै होइन, कोरोना संक्रमणको सुरुवाती समयमा भर्चुअल माध्यमबाट समेत बैठक बसेको थियो। तर, ती सबै उहिलेका घटना भएका छन्।

एमालेका सांसद् तथा सोही समितिका सदस्य विजय सुब्बा समितिको बैठक बस्न नसक्नुको दोष सभामुख अग्निप्रसाद सापकोटालाई दिन्छन्। 'मुख्य जिम्मेवार सभामुख हो। उहाँले समितिहरुलाई कसरी चलाउने भन्ने ध्यानमा राख्न सक्नुभएन', उनले भने, 'राज्य व्यवस्था समिति राज्य सञ्चालनका लागि महत्त्वपूर्ण ऐन निर्माणको क्रममा विधेयक आउने ठाउँ हुन्। यसलाई सभामुखले ध्यान दिन नसकेको हो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्रभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोग लगायतका निकाय पर्छन्। ती निकायमाथि निगरानी गर्ने, त्यहाँबाट हुने निर्णयहरुमा आवश्यक निर्देशन दिने लगायतका काम समितिले गर्दै आएको थियो। यो समिति कतिसम्म शक्तिशाली हो भने, कुनै बेला सेना र प्रहरी नेतृत्वसँग मिलेर स्वार्थकेन्द्रित निर्णय गर्न खोज्दा प्रधानमन्त्रीलाई नै समितिमा झिकाएर त्यसो नगर्न ठाडो निर्देशन दिइन्थ्यो। त्यसका अतिरिक्त समितिका अन्य नियमित कामहरु पनि छँदैथिए। ती सबै प्रभावित भएका छन्।

बैठक नबस्दा सरकार र संसद्प्रति नकारात्मक सन्देश जाने सुब्बाको भनाइ  छ। सामान्य मान्छेले सरकार र माननीय भनेर दोष लगाउने भए पनि यस सन्दर्भलाई गहिरिएर हेर्दा अन्तिम उत्तर भनेको सभामुख नै भएको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्