• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बजेटमा निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३१, २०७९  १८:१३
1140x725

काठमाडौं- बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री जनार्दन शर्माकै सहयोगमा अनधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयमा प्रवेश गरेको र उनीहरुले करको दरमा परिवर्तन गरेको घटनालाई लिएर संसदीय छानबिन समिति गर्न एमालेले माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले यस प्रकरणमा स्पष्टीकरण दिएपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति गठनको माग गरेका हुन्।

'यति कुरा गम्भीरतापूर्वक आइसकेपछि सभामुख महोदयको अग्रसरतामा एउटा संसदीय छानबिन समिति गठन होस्। ठीक छ, उहाँ (अर्थमन्त्री) ले दाबी गर्नुभएको छ होइन भन्ने। हामीले हो भनेका छौँ। ठीक छ, छानबिन गरौँ। छानबिनले रिपोर्ट देला। उहाँ सही साबित हुनुभएछ भने हामी यी कुराहरुबाट ब्याक हटौँला। त्यसैले एमालेको अडान हो। संसदीय छानबिन समिति गठन होस्। यो सदन त्यसपछि मात्रै अगाडि बढ्छ', भट्टराईले भने।

भट्टराईले बजेट निर्माणमा सेटिङ भएको विषयमा आफूहरुलाई पहिल्यै आशंका रहेको बताए। बजेट बनाउँदाखेर खासखास घरानाका व्यक्तिसँग बसेर परामर्श गरेर उनीहरुको हितमा बजेट बनाइएको थियो भन्ने उनको भनाइ थियो।

'दुनियाँमा कहाँ यस्तो चलन छ, आफ्ना करका दरहरु तय गर्ने अनाधिकृत व्यक्ति, राष्ट्रले नचिनेका व्यक्तिहरु, मन्त्रालयले नचिनेका मान्छेहरु, राति पसेर करका दरहरु उनीहरुले जे भन्यो, त्यो अनुसार गरिन्छ? योभन्दा देशप्रतिको गद्दारी अरु के हुन सक्छ?', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

भट्टराईले जेठ १४ गते रातिको बेलामा अर्थ मन्त्रालयको बजेट बनाउने ठाउँमा सीसीटीभीको फुटेज ल्याएर आफूहरुलाई सार्वजनिक रुपमा देखाउन भनेका थिए। 'अर्थमन्त्रीले होइन भन्नुभएको छ। हो भन्न त उहाँले मिल्दै मिल्दैन। उहाँले होइन भन्नुहुन्छ भन्ने हामीलाई थाहै थियो। यसमा जवाफ के आउँछ भन्ने कुरा। दुनियाँमा कहिल्यै पनि बदमासी गर्नेहरुले हो भनेको रेकर्ड छैन। इतिहासमा त्यस्तो हुँदैन', उनले भने।

त्यसअघि बोलेका मन्त्री शर्माले भने अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई अत्यन्त भ्रामक, कपोलकल्पित र झुटा कथा बनाइएको बताएका थिए। 'म खण्डन र खारेज गर्न चाहन्छु', उनको भनाइ थियो।

मंगलबारको बैठकको सुरुवातमा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अपराध गरेको भन्दै राजीनामा मागेका थिए। 'करको विषय निकै गोपनीय विषय हो। राष्ट्रिय सुरक्षा जस्तै विषय हो। राष्ट्रिय स्वार्थको विषय हो। यस्ता गोपनीयता बाहिर सार्वजनिक गर्ने र साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छ। यसबारेमा छानबिन हुनुपर्छ। र संसद्ले यसबारेमा कदम चाल्नुपर्छ। यसको जवाफ चाहन्छौँ। मन्त्रीले नैतिक रुपले त्यो पदमा बस्न मिल्दैन भन्ने लाग्छ', उनले भनेका थिए।

त्यसअघि उनले आफूमाथि गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न सक्षम हुनुहुन्छ? लायक हुनुहुन्छ? भन्दै प्रश्न सोधेका थिए। उनले संसद्लाई जवाफ चाहिने बताए। 'यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन। केवल अर्थमन्त्रीको विषय हो कि के हो? यसको जानकारी संसद्लाई चाहिन्छ', उनले भनेका थिए।

एमालेको तर्फबाट सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले पनि अर्थमन्त्रीले राष्ट्रघात गरेको बताएका थिए। पाण्डेले भट्टराईलाई जोड्दै भने- 'हामीले कुरा उठाएपछि अर्थमन्त्रीले संसद्लाई स्पष्ट पार्नुभएन। यो निकै आपत्तिजनक कुरा हो।'

पाण्डेले बजेट संसद्‌मा प्रस्तुत गर्ने अघिल्लो दिन अर्थमन्त्रीबाहेक अरुलाई टेलिफोनको अधिकार समेत नदिइने र कर्मचारीको फोन समेत लक गरेर राखिने भन्दै अनधिकृत व्यक्तिको प्रवेशप्रति आपत्ति जनाएका थिए। पाण्डेको सम्बोधनपछि सभामुख अग्निप्रसाद सापकोटाले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’
एमाले केन्द्रीय कमिटी बैठक सुरु
सम्बन्धित सामग्री
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहु... सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकको सुरुवात अध्यक्षको मन्तव्य र राष्ट्रिय गानबाट हुने कार्यसूची तय गरिएको छ। त्यसपछि नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीति... सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा अघि बढाउँदै केन्द्रीय कमिटीमा पेस गर्... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार, असोज ५, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु सोमबार, असोज ५, २०८३
बसमा आगलागी, घाइते चालकलाई अस्पताल लगियो सोमबार, असोज ५, २०८३
भाटभटेनीको टंगाल स्टोर पुन: सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्