काठमाडौं– बर्जर पेन्ट्स नेपालले बर्जर मिस ग्ल्यामर, मिस नेपाल–२०२२ फेशन शो सम्पन्न गरेको छ। नेपालमा सन् २०० देखि रंग उत्पादन गर्दै आएको बर्जरले हिडन ट्रेजरसँगको सहकार्यमा नेपाल–२०२२ ताज, बर्जर मिस ग्ल्यामर छनोट सम्पन्न गरेको हो।
उक्त फेशन शोमा नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले नेपालका प्रख्यात डिजाइनले बनाएका रंगहरूका पहिरन लगाएका थिए। डिजाइनरद्वय मुकु बुटिकका मुक्तिका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्कइलुजनका मेटालिका र नन–मेटालिका डिजाइनका साथमा रंगहरूको ढाँचाका सिल्भर फायर, इन्फेर्नो, फ्लोरा पहिरन लगाएको बर्जर पेन्ट्सले जनाएको छ।
बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्यूजन ल्याएको थियो। रचना गुरुङद्वारा कोरियोग्राफी गरिएका तीनवटा दृश्यसहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो।
पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो भने दोस्रो चरणमा कासाबाट डिजाइन गरिएका र तेस्रो चरणमा मनिष राईको ग्लिट्जिइभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रमको शोस्टपरका रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सहभागी भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।