• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले-माओवादी केन्द्रका नेताबीच भेट : वाम गठबन्धन कि 'अन्य मुद्दा'का लागि?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३१, २०७९  १९:१५
1140x725

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आइतबार साँझ बालकोट पुगे। त्यहाँ उनले करिब साढे दुई घण्टा बिताएका थिए। भेटमा राष्ट्रियता, वाम आन्दोलन, समसामयिक राजनीतिको विषयमा कुराकानी भएको श्रेष्ठले सार्वजनिक रुपमा बताएका छन्।

वाम एकताको चर्चा चलिरहेको बेलामा ओली-श्रेष्ठको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। जबकि, तत्कालीन नेकपामा ओली र श्रेष्ठ खासै निकट थिएनन्। ओलीकै कारण श्रेष्ठले एकपटक नेकपाको प्रवक्ताबाट समेत राजीनामा दिएका थिए। उनले निरन्तर पुष्पकमल दाहाल प्रचण्डलाई नै साथ दिने गरेका थिए।

अघिल्लो महिना सम्पन्न निर्वाचनमा देशका थुप्रै चर्चित पालिकामा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले गठबन्धन गरेर एमालेविरुद्ध प्रतिस्पर्धा गरेका थिए। परिणामतः एमालेले २०७४ सालको निर्वाचनको तुलनामा ८९ कम पालिकाको नेतृत्व जितेको छ। माओवादीले पालिकाको नेतृत्व बढाएको भए पनि लोकप्रिय मत भने घटाएको छ।

एमाले र माओवादी केन्द्र एकता हुँदाको शक्ति र सामर्थ्यको आकलन गरेर दुवै पार्टीका कतिपय नेताहरुले पुनः एकताको चर्चा गर्ने गरेका छन्। आफूहरु विभाजन हुँदा कांग्रेसलाई फाइदा पुगिरहेको उनीहरुको ठम्याइ छ। श्रेष्ठको बालकोट प्रवेशलाई यही सन्दर्भसँग जोडेर चर्चा भइरहेको हो।

दुई नेताबीचको भेटलाई माओवादी केन्द्रका नेता देव गुरुङले फरक रुपमा अर्थ्याउन जरुरी नरहेको बताएका छन्। सोमबार संसद् परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिए, 'एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं।'

उसै पनि ओलीले केही समयअघि ज्योतिषीको हवाला दिँदै असार १७ गते सत्ता गठबन्धनमा संकट आउने बताएका थिए। स्थानीय तहको निर्वाचनअघि उनले केही ठाउँमा यो विषयलाई चर्चा गरेका थिए। गत वैशाख २४ गते विराटनगरमा आयोजित एमाले सभामा उनले भनेका थिए- 'शेरबहादुरजी असाध्यै ज्योतिषमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस् भनेर मैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ, सोध्नुस्। मैले दिन तोकिएको छु एउटा, असार १७ गते कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ छन्, एकपल्ट ज्योतिषिलाई बोलाएर हेर्न लगाउनुस् त।'

ओलीले सत्ता गठबन्धनमा संकट निम्तिने तर्कमा ज्योतिषी आड लिएको भए पनि धेरैले गठबन्धन तोड्न उनको तर्फबाट प्रयास भइरहेको र त्यसले चुनावपछि कुनै न कुनै आकार लिने निश्चितप्रायः भएको अर्थमा चर्चा गरेका थिए। पछिल्ला भेटघाटले कतै वाम गठबन्धनको गोप्य तर अन्तिम प्रयास भइरहेको हो कि भन्ने आकलन गराइराखेको छ।

यसअघि २०७४ सालमा भएको वाम गठबन्धनको घोषणा पनि अन्तिम समयमा मात्रै सार्वजनिक भएको थियो। त्यतिबेला पनि माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमै थियो र प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धनको लागि तयार भएको थियो। फेरि पनि सोही शैली अपनाइएला कि भन्ने चर्चा पनि छ।

nimb
nimb

एमालेका ओली निकट नेताहरु, जो माओवादी केन्द्रका नेताहरुसँग पनि भेट गरिरहेका छन्। उनीहरु नै वामगठबन्धनको सम्भावना स्वीकार गर्दैनन्। हालै पनि एमाले नेता प्रदीप ज्ञवाली र माओवादी नेता बर्षमान पुनबीच भेट भएको समाचार सार्वजनिक भएको थियो। ज्ञवालीले सोमबार सचिवालय बैठकपछि पत्रकारहरुसँग भेट भइरहेको तर वाम गठबन्धनको तत्काल सम्भावना नरहेको बताएका थिए। 'निर्वाचनअगाडि वामपन्थी ध्रुवीकरणको या वामपन्थी सहकार्यको तत्काल सम्भावना देखेको छैन', उनको भनाइ छ।

ज्ञवालीले अहिले भइरहेका भेटहरु वामपन्थी सहकार्यका निम्ति केन्द्रित नभएको बरु अरु कतिपय राष्ट्रिय राजनीतिका मुद्दासँग जोडिएको बताए। 'सबै दलसँग मुद्दागत लडाइँ हो। मुद्दामा आधारित भएर आलोचना वा समर्थन गर्छौँ। मुद्दामा एक ठाउँमा हुँदा कसैसँग पनि हामी नजिक हुन सक्छौँ', उनले भने, 'अहिले हामी मुलुकमा उपस्थित निश्चित मुद्दाहरुमा छलफल गरिरहेका छौँ। अहिले तत्काल वामपन्थी सहकार्य र गठबन्धनको सम्भावना देख्दैनौँ।'

सरकारका पछिल्ला गतिविधिहरुले मुलुकको असंलग्नताको नीति छाडेर अमेरिकामैत्री बन्ने खालको बन्दै गएकोमा एमालेले चिन्ता व्यक्त गर्दै आएको छ। माओवादी केन्द्रका पनि कतिपय नेताहरुले सरकारको आलोचना गरिरहेका छन्। स्पष्ट छ, चीनलाई अरुचि हुनेखालका वैदेशिक नीतिहरुलाई एमाले र माओवादी केन्द्र लगायतका कम्युनिस्ट शक्तिहरुले पनि रुचाउने गरेका छैनन्। पछिल्ला भेटको एउटा सन्दर्भ त्यो पनि रहेको ज्ञवालीको भनाइबाट बुझ्न सकिन्छ।

पछिल्लो भेट मात्रै होइन, केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेतिर संकेत गर्दै प्रधानमन्त्रीको अफरसमेत आएको सार्वजनिक रुपमा बताएका थिए। एमालेले भने यसलाई कांग्रेससँगको बार्गेनिङ क्षमता बढाउने रणनीतिको रुपमा अर्थ्याएको छ। ओलीले गत शुक्रबार विराटनगरमा भनेका थिए- 'मलाई प्रधानमन्त्रीको अफर आयो, म मान्या छैन भनेको सुनिन्छ। आफैं प्रधानमन्त्रीको अफर आयो रे, कसले गर्छ? यो सबै बार्गेनिङ हो।'

ओलीको जस्तै भाषा सोमबार ज्ञवालीले पनि दोहोर्‍याए। अझ उनले त सयभन्दा माथि पनि कुनै प्रतिशत हुन्छ भने त्यसलाई पनि जोड्न भन्दै शत प्रतिशत गलत कुरा भएको बताए। नेकपा एमालेले अहिले कसैलाई प्रधानमन्त्री अफर नगर्ने उनको भनाइ छ। 'योचाहिँ नेपाली कांग्रेससँग बार्गेनिङ बढाउने, हामीलाई त यताबाट अफर आएको छ, तपाईं हामीलाई आउने चुनावमा ५० प्रतिशत सिट दिने कि नदिने? भन्ने एउटा बार्गेनिङ बढाउने सुनियोजित प्रचारबाजी मात्रै हो', उनले भने।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन शनिबार, भदौ १३, २०८३
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्