• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विश्वकप फुटबल : दोस्रो चरणमा नेपालसँग खेलेको अस्ट्रेलियाले पार गर्‍यो छनोट, यस्तो छ फाइनलसम्मको यात्रा

64x64
दीप सुवेदी मंगलबार, जेठ ३१, २०७९  १४:३२
1140x725
नेपालसँगको प्रतिश्पर्धामा अस्ट्रेलिया। तस्बिर : एएपी

काठमाडौं– विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालसँग प्रतिश्पर्धा गरेको अस्ट्रेलिया सोमबार राति प्लेअफमा पेरूलाई पराजित गर्दै फाइनल चरणमा प्रवेश पाएको छ। कतार विश्वकपको फाइनल चरणमा प्रवेश पाउने अस्ट्रेलिया ३१औँ देश हो। 

तीन वर्षअघि दोस्रो चरणको पहिलो लेगमा नेपालले अस्ट्रेलियासँग प्रतिश्पर्धा गरेको थियो। दोस्रो लेग भने सन् २०२१ मा भएको थियो। नेपाल दोस्रो चरणबाटै बाहिरिएको थियो भने अस्ट्रेलिया अघि बढेको थियो। अन्तर्राष्ट्रिय फुटबल इतिहासमा नेपालले सामना गरेको अहिलेसम्मको सबैभन्दा उच्च वरीयताको प्रतिद्धन्दी अस्ट्रेलिया नै हो। सन् २०१९ मा पहिलो लेग खेल्दा अस्ट्रेलिया ४४ र नेपाल १६१ स्थानमा थिए।

अस्ट्रेलिया अहिले फिफा वरीयताको ४२औँ स्थानमा छ। विश्वकपमा प्रवेशका लागि अस्ट्रेलियाले ‘टाई ब्रेकर’मा पराजित गरेको पेरू भने २२औँ स्थानमा छ। माथिल्लो वरीयताको देशलाई पराजित गरेपछि कतार विश्वकपमा पुग्ने अस्ट्रेलिया छैटौँ एसियाली देश बनेको छ।

अस्ट्रेलिया र पेरूले सोमबार राति पहिलो पटक प्रतिश्पर्धा गरेका भने होइनन्। सन् २०१८ को रसिया विश्वकपमा अस्ट्रेलिया र दक्षिण अमेरिकी देश पेरू समूह चरणमै भिडेका थिए। रूसी सहर सोचीमा भएको समूह ‘सी’ को खेलमा पेरू २–० ले विजयी भएको थियो। अस्ट्रेलिया सो वर्ष जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको थियो।

पेरू पनि अन्तिम १६ मा पुग्न सकेको थिएन। पेरूले उक्त समूहमा अस्ट्रेलियाबाहेक अन्य टोलीलाई हराउन सकेन। तर, सोही वर्ष उपाधि जितेको फ्रान्स र डेनमार्कलाई भन पेरूले बलियो चुनौती दिँदै समान एक–एक गोल गरेको थियो।

त्यसको चार वर्षपछि यी दुई टोलीको भेट विश्वकपमा नहुने निश्चित भएको छ। यसको कारण हो, अन्तरमहादेशीय प्ले–अफबाट पेरुको बहिर्गमन। सोमबार राति कतारको अहमद बिन अलि स्टेडियममा भएको १ सय २० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको टाई ब्रेकरमा एलेकस भालेरा छैटौं प्रहारमा गोल गर्न चुक्दा अस्ट्रेलिया ५–४ ले विजयी भयो।

उनको प्रहार अस्ट्रेलियाली गोलरक्षक म्याट रायनले जोगाए। त्यससँगै अस्ट्रेलिया समग्रमा छैटौं पटक र लगातार पाँचौं पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट भएको छ।

नेपालका फुटबल विश्लेशक सञ्जीव मिश्र अस्ट्रेलियाली टोली विश्वकपमा छनोट हुनुलाई आश्चर्यजनक रूपमा लिन नहुने बताउँछन्। अस्ट्रेलिया सदबाहार बलियो टोली भएकै कारण विश्वकपमा पुग्न सफल भएको उनको भनाइ छ। ‘कतिपय खेलाडीहरू युरोपका चर्चित क्लबबाट पनि व्यवसायिक फुटबल खेल्दै आएका छन्। त्यसकारण त्यहाँको राष्ट्रिय टोली एकदमै टप छ। त्यसमाथि अस्ट्रेलिया युरोपकै टोलीलाई पनि बलियो चुनौती दिन सक्ने टिम हो,’ उनले भने, ‘उसले यो प्रतियोगितामा सुरुदेखि नै बलियो दाबेदारी प्रस्तुत गरिरहेको थियो। अन्तिममा आफूभन्दा माथिको दक्षिण अमेरिकी बलियो टोली पेरूलाई हराउँदै विश्वकपमा स्थान बनायो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अस्ट्रेलिया विश्वकपको समूह ‘डी’ मा छ। उसले आफ्नो पहिलो खेलमा ‘डिफेन्डिङ च्याम्पियन’ फ्रान्सको सामना गर्नेछ। यस समूहमा डेनमार्क र ट्युनेसिया पनि छन्।

नेपालसँगका ती दुई खेल
सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा छनोट हुन अस्ट्रेलिया र पेरू दुवै देशले अन्तरमहादेशीय प्ले–अफ खेल्नु परेको थियो। अस्ट्रेलियाले होन्डुरसलाई समग्रमा ३–१ ले पराजित गरेको थियो भने पेरूले न्यूजिल्यान्डलाई ४–० ले पराजित गरेको थियो। ती दुवै प्ले–अफ ‘होम एन्ड अवे’मा खेलाइएको थियो। यसपटक भने एकै खेलले विश्वकपमा छनोट हुने टोलीको निक्र्योल भएको हो।

अब विश्वकपमा एक टोलीको मात्र छनोट हुने बाँकी छ। छनोट हुने ३२औं टोलीका लागि मंगलबार राति कोस्टारिका र न्युजिल्यान्ड दोहामै आमनेसामने हुँदैछन्। यो खेल जित्ने टोलीले कतारमा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछ। 

यो विश्वकपमा पनि ३२ टोलीको सहभागिता रहनेछ। आयोजक कतार स्वतः छनोट हुँदा अरू ३० वटाले पनि सिट सुरक्षित गरिसकेका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, साउदी अरब र जापान छनोट भइसकेका छन्। 

एसियातर्फको छनोटको तेस्रो चरणमा आ–आफ्नो समूहमा तेस्रो हुने अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)ले चौँथो चरणमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा जित हासिल गर्दै अस्ट्रेलियाले अन्तरमहादेशीय प्ले–अफमा ठाउँ बनाएको थियो। 

त्यसअघि अस्ट्रेलियाले एसियाली छनोटको दोस्रो चरणमा नेपालसँग पनि प्रतिस्पर्धा गरेको थियो। अस्ट्रेलियासँगको पहिलो लेग सन् २०१९ मा क्यानबेरामा भएको थियो। नेपालले घरेलु टोलीविरूद्ध प्रतिस्पर्धा गर्दा रक्षात्मक खेल्ने रणनीति बनाएको थियो। अस्ट्रेलियासँग खेल्नुभन्दा अगाडि नै नेपाल कुवेतसँग ७–० ले हारिसकेको थियो। त्यही कुवेतलाई अस्ट्रेलियाले ३–० ले हराइसकेको थियो।

तुलनात्मकरूपमा कमजोर मानिएको नेपालविरूद्ध आक्रमक खेल्ने र बढीभन्दा बढी गोल गर्ने योजना बनाएको अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणै गरेका थिए। तर, उक्त खेलमा वरीयतामा ११७ स्थानमाथिको अस्ट्रेलियाले नेपालमाथि ५ गोल मात्रै गर्न सकेको थियो। 

त्यस्तै, दोस्रो खेल नेपालले ‘होम एन्ड अवे’ आधारमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्ने तय थियो। विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोक लागएपछि नेपालले घरेलु मैदानमा दर्शक साक्षी राखेर अस्ट्रेलियासँग खेल्ने मौका गुमाएको थियो।

त्यसपछि, एएफसीले तथस्ट भूमी भुटानमा नेपालका बाँकी खेल खेल्ने अनुमति दिइएको थियो। तर, अस्ट्रेलिया र कुवेतले भने भुटानी मैदानमा उत्रिन अस्वीकार गरेका थिए। पछि, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरी नियुक्त भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बाँकी खेल कुवेतमा खेलाएको थियो। 

पहिलो खेलमै ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा पनि पुनरागमन भने गर्न सकेन।  यद्यपि, दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै ३ गोल मात्रै खाएको थियो। तर, फुटबल विश्लेशक मिश्र भने पहिलो खेलको नतिजा नै अस्ट्रेलियाका लागि पर्याप्त हुँदा दोस्रो खेलमा कम गोल खाएको दाबी गर्छन्। 

‘हामी पहिलो खेलमै अस्ट्रेलियासँग पराजित भइसकेका थियौं। हाम्रो जुन स्तर छ, खेल्ने शैली छ, त्योअनुसार हामीले अस्ट्रेलियाविरूद्ध पुनरागमन गर्ने स्थिति नै थिएन। त्यसैले यो खेल हाम्रो लागि एक अभ्यास मात्रै थियो, भयो पनि,’ उनले भने। 

सोमबार राति छनोटको अन्तिम खेलमा अहमद बिन अली रंगशाला अस्ट्रेलियन टिमका लागि नौलो थिएन। यही मैदानमा अस्ट्रेलियाले यूएईलाई २–१ ले पराजित गर्दै विश्वकपनजिक पुगेको थियो। तर, पेरूसँगको यो खेल भने दुवै टिमका लागि ‘जीवन–मरण’ थियो।

रूसमा अस्ट्रेलियालाई पराजित गर्दा पनि पेरूका प्रशिक्षक रिकार्डो गारेका नै थिए। यसकारण पनि उनी निक्कै आत्मविश्वासी देखिएका थिए। तर, अस्ट्रेलियाले पेरूमाथि बाजी मात्रै मारेन, सन् २००५ को इतिहास पनि दोहोर्‍याइदियो। 

सो बेला अस्ट्रेलियाले अन्तरमहादेशीय प्ले–अफमा उरूग्वेसँग प्रतिस्पर्धा गरेको थियो। गुस हिडिन्क नेतृत्वको अस्ट्रेलियाले उरूग्वेलाई पेनाल्टी सुटआउटमा पन्छाएको थियो। त्यही जितपछि अस्ट्रेलियाले ३२ वर्षपछि विश्वकप खेल्न पाएको थियो। 

त्यतिबेला हिन्डिकको सहायक रहेका आर्नोल्डले पुनः पेरूलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अस्ट्रेलियालाई लगातार चौथो विश्वकप पुर्याए। ‘सन् २००२ सम्म अस्ट्रेलिया न्यूजिल्यान्डसँगै ओसियानाबाट खेल्थ्यो। तर, अन्तरमहादेशीय प्ले–अफमा सधैं गाह्रो हुँदा अस्ट्रेलिया एएफसीको सदस्य बनेको हो। त्यसपछि अस्ट्रेलियाले एसियाबाट २००६ देखि लगातार छनोट हुँदै आएको छ,’ विश्लेषक मिश्र भन्छन्, ‘यसपटक मात्रै एसियाली छनोट खेलेर अन्तरमहादेशीय खेल्नुपरेको हो। अस्ट्रेलिया सधैंझैं एसियाली राष्ट्रको बलियो टोली हो।’

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको थियो ।... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्