• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विश्वकप फुटबल : दोस्रो चरणमा नेपालसँग खेलेको अस्ट्रेलियाले पार गर्‍यो छनोट, यस्तो छ फाइनलसम्मको यात्रा

64x64
दीप सुवेदी मंगलबार, जेठ ३१, २०७९  १४:३२
1140x725
नेपालसँगको प्रतिश्पर्धामा अस्ट्रेलिया। तस्बिर : एएपी

काठमाडौं– विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालसँग प्रतिश्पर्धा गरेको अस्ट्रेलिया सोमबार राति प्लेअफमा पेरूलाई पराजित गर्दै फाइनल चरणमा प्रवेश पाएको छ। कतार विश्वकपको फाइनल चरणमा प्रवेश पाउने अस्ट्रेलिया ३१औँ देश हो। 

तीन वर्षअघि दोस्रो चरणको पहिलो लेगमा नेपालले अस्ट्रेलियासँग प्रतिश्पर्धा गरेको थियो। दोस्रो लेग भने सन् २०२१ मा भएको थियो। नेपाल दोस्रो चरणबाटै बाहिरिएको थियो भने अस्ट्रेलिया अघि बढेको थियो। अन्तर्राष्ट्रिय फुटबल इतिहासमा नेपालले सामना गरेको अहिलेसम्मको सबैभन्दा उच्च वरीयताको प्रतिद्धन्दी अस्ट्रेलिया नै हो। सन् २०१९ मा पहिलो लेग खेल्दा अस्ट्रेलिया ४४ र नेपाल १६१ स्थानमा थिए।

अस्ट्रेलिया अहिले फिफा वरीयताको ४२औँ स्थानमा छ। विश्वकपमा प्रवेशका लागि अस्ट्रेलियाले ‘टाई ब्रेकर’मा पराजित गरेको पेरू भने २२औँ स्थानमा छ। माथिल्लो वरीयताको देशलाई पराजित गरेपछि कतार विश्वकपमा पुग्ने अस्ट्रेलिया छैटौँ एसियाली देश बनेको छ।

अस्ट्रेलिया र पेरूले सोमबार राति पहिलो पटक प्रतिश्पर्धा गरेका भने होइनन्। सन् २०१८ को रसिया विश्वकपमा अस्ट्रेलिया र दक्षिण अमेरिकी देश पेरू समूह चरणमै भिडेका थिए। रूसी सहर सोचीमा भएको समूह ‘सी’ को खेलमा पेरू २–० ले विजयी भएको थियो। अस्ट्रेलिया सो वर्ष जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको थियो।

पेरू पनि अन्तिम १६ मा पुग्न सकेको थिएन। पेरूले उक्त समूहमा अस्ट्रेलियाबाहेक अन्य टोलीलाई हराउन सकेन। तर, सोही वर्ष उपाधि जितेको फ्रान्स र डेनमार्कलाई भन पेरूले बलियो चुनौती दिँदै समान एक–एक गोल गरेको थियो।

त्यसको चार वर्षपछि यी दुई टोलीको भेट विश्वकपमा नहुने निश्चित भएको छ। यसको कारण हो, अन्तरमहादेशीय प्ले–अफबाट पेरुको बहिर्गमन। सोमबार राति कतारको अहमद बिन अलि स्टेडियममा भएको १ सय २० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको टाई ब्रेकरमा एलेकस भालेरा छैटौं प्रहारमा गोल गर्न चुक्दा अस्ट्रेलिया ५–४ ले विजयी भयो।

उनको प्रहार अस्ट्रेलियाली गोलरक्षक म्याट रायनले जोगाए। त्यससँगै अस्ट्रेलिया समग्रमा छैटौं पटक र लगातार पाँचौं पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट भएको छ।

नेपालका फुटबल विश्लेशक सञ्जीव मिश्र अस्ट्रेलियाली टोली विश्वकपमा छनोट हुनुलाई आश्चर्यजनक रूपमा लिन नहुने बताउँछन्। अस्ट्रेलिया सदबाहार बलियो टोली भएकै कारण विश्वकपमा पुग्न सफल भएको उनको भनाइ छ। ‘कतिपय खेलाडीहरू युरोपका चर्चित क्लबबाट पनि व्यवसायिक फुटबल खेल्दै आएका छन्। त्यसकारण त्यहाँको राष्ट्रिय टोली एकदमै टप छ। त्यसमाथि अस्ट्रेलिया युरोपकै टोलीलाई पनि बलियो चुनौती दिन सक्ने टिम हो,’ उनले भने, ‘उसले यो प्रतियोगितामा सुरुदेखि नै बलियो दाबेदारी प्रस्तुत गरिरहेको थियो। अन्तिममा आफूभन्दा माथिको दक्षिण अमेरिकी बलियो टोली पेरूलाई हराउँदै विश्वकपमा स्थान बनायो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अस्ट्रेलिया विश्वकपको समूह ‘डी’ मा छ। उसले आफ्नो पहिलो खेलमा ‘डिफेन्डिङ च्याम्पियन’ फ्रान्सको सामना गर्नेछ। यस समूहमा डेनमार्क र ट्युनेसिया पनि छन्।

नेपालसँगका ती दुई खेल
सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा छनोट हुन अस्ट्रेलिया र पेरू दुवै देशले अन्तरमहादेशीय प्ले–अफ खेल्नु परेको थियो। अस्ट्रेलियाले होन्डुरसलाई समग्रमा ३–१ ले पराजित गरेको थियो भने पेरूले न्यूजिल्यान्डलाई ४–० ले पराजित गरेको थियो। ती दुवै प्ले–अफ ‘होम एन्ड अवे’मा खेलाइएको थियो। यसपटक भने एकै खेलले विश्वकपमा छनोट हुने टोलीको निक्र्योल भएको हो।

अब विश्वकपमा एक टोलीको मात्र छनोट हुने बाँकी छ। छनोट हुने ३२औं टोलीका लागि मंगलबार राति कोस्टारिका र न्युजिल्यान्ड दोहामै आमनेसामने हुँदैछन्। यो खेल जित्ने टोलीले कतारमा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछ। 

यो विश्वकपमा पनि ३२ टोलीको सहभागिता रहनेछ। आयोजक कतार स्वतः छनोट हुँदा अरू ३० वटाले पनि सिट सुरक्षित गरिसकेका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, साउदी अरब र जापान छनोट भइसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एसियातर्फको छनोटको तेस्रो चरणमा आ–आफ्नो समूहमा तेस्रो हुने अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)ले चौँथो चरणमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा जित हासिल गर्दै अस्ट्रेलियाले अन्तरमहादेशीय प्ले–अफमा ठाउँ बनाएको थियो। 

त्यसअघि अस्ट्रेलियाले एसियाली छनोटको दोस्रो चरणमा नेपालसँग पनि प्रतिस्पर्धा गरेको थियो। अस्ट्रेलियासँगको पहिलो लेग सन् २०१९ मा क्यानबेरामा भएको थियो। नेपालले घरेलु टोलीविरूद्ध प्रतिस्पर्धा गर्दा रक्षात्मक खेल्ने रणनीति बनाएको थियो। अस्ट्रेलियासँग खेल्नुभन्दा अगाडि नै नेपाल कुवेतसँग ७–० ले हारिसकेको थियो। त्यही कुवेतलाई अस्ट्रेलियाले ३–० ले हराइसकेको थियो।

तुलनात्मकरूपमा कमजोर मानिएको नेपालविरूद्ध आक्रमक खेल्ने र बढीभन्दा बढी गोल गर्ने योजना बनाएको अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणै गरेका थिए। तर, उक्त खेलमा वरीयतामा ११७ स्थानमाथिको अस्ट्रेलियाले नेपालमाथि ५ गोल मात्रै गर्न सकेको थियो। 

त्यस्तै, दोस्रो खेल नेपालले ‘होम एन्ड अवे’ आधारमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्ने तय थियो। विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोक लागएपछि नेपालले घरेलु मैदानमा दर्शक साक्षी राखेर अस्ट्रेलियासँग खेल्ने मौका गुमाएको थियो।

त्यसपछि, एएफसीले तथस्ट भूमी भुटानमा नेपालका बाँकी खेल खेल्ने अनुमति दिइएको थियो। तर, अस्ट्रेलिया र कुवेतले भने भुटानी मैदानमा उत्रिन अस्वीकार गरेका थिए। पछि, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरी नियुक्त भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बाँकी खेल कुवेतमा खेलाएको थियो। 

पहिलो खेलमै ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा पनि पुनरागमन भने गर्न सकेन।  यद्यपि, दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै ३ गोल मात्रै खाएको थियो। तर, फुटबल विश्लेशक मिश्र भने पहिलो खेलको नतिजा नै अस्ट्रेलियाका लागि पर्याप्त हुँदा दोस्रो खेलमा कम गोल खाएको दाबी गर्छन्। 

‘हामी पहिलो खेलमै अस्ट्रेलियासँग पराजित भइसकेका थियौं। हाम्रो जुन स्तर छ, खेल्ने शैली छ, त्योअनुसार हामीले अस्ट्रेलियाविरूद्ध पुनरागमन गर्ने स्थिति नै थिएन। त्यसैले यो खेल हाम्रो लागि एक अभ्यास मात्रै थियो, भयो पनि,’ उनले भने। 

सोमबार राति छनोटको अन्तिम खेलमा अहमद बिन अली रंगशाला अस्ट्रेलियन टिमका लागि नौलो थिएन। यही मैदानमा अस्ट्रेलियाले यूएईलाई २–१ ले पराजित गर्दै विश्वकपनजिक पुगेको थियो। तर, पेरूसँगको यो खेल भने दुवै टिमका लागि ‘जीवन–मरण’ थियो।

रूसमा अस्ट्रेलियालाई पराजित गर्दा पनि पेरूका प्रशिक्षक रिकार्डो गारेका नै थिए। यसकारण पनि उनी निक्कै आत्मविश्वासी देखिएका थिए। तर, अस्ट्रेलियाले पेरूमाथि बाजी मात्रै मारेन, सन् २००५ को इतिहास पनि दोहोर्‍याइदियो। 

सो बेला अस्ट्रेलियाले अन्तरमहादेशीय प्ले–अफमा उरूग्वेसँग प्रतिस्पर्धा गरेको थियो। गुस हिडिन्क नेतृत्वको अस्ट्रेलियाले उरूग्वेलाई पेनाल्टी सुटआउटमा पन्छाएको थियो। त्यही जितपछि अस्ट्रेलियाले ३२ वर्षपछि विश्वकप खेल्न पाएको थियो। 

त्यतिबेला हिन्डिकको सहायक रहेका आर्नोल्डले पुनः पेरूलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अस्ट्रेलियालाई लगातार चौथो विश्वकप पुर्याए। ‘सन् २००२ सम्म अस्ट्रेलिया न्यूजिल्यान्डसँगै ओसियानाबाट खेल्थ्यो। तर, अन्तरमहादेशीय प्ले–अफमा सधैं गाह्रो हुँदा अस्ट्रेलिया एएफसीको सदस्य बनेको हो। त्यसपछि अस्ट्रेलियाले एसियाबाट २००६ देखि लगातार छनोट हुँदै आएको छ,’ विश्लेषक मिश्र भन्छन्, ‘यसपटक मात्रै एसियाली छनोट खेलेर अन्तरमहादेशीय खेल्नुपरेको हो। अस्ट्रेलिया सधैंझैं एसियाली राष्ट्रको बलियो टोली हो।’

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर जितबाट १९ रनले टाढा रह्यो। मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर इंग्ल्यान्डका कप्तान ह्यारी केनले सोमबार बालोन डी’ओर जित्दै २५ वर्षपछि यो प्रतिष्ठित अवार्ड जित्ने इंग्लिस खेलाडी बनेका छन्। मंगलबार, कात्तिक १०, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा समूह चरणपछि वर्गीकरण चरणका खेलमा नेपालले अक्टोबर २२ मा आयरल्यान्डसँग र अक्टोबर २३ मा क्युबेकसँग प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्