• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वसन्तपुरमा अनशन बसेकी निहारिका भन्छिन्, ‘बलात्कारबाट बच्चा जन्मिएको अदालतले देखेन’

64x64
धनु विश्वकर्मा सोमबार, जेठ ३०, २०७९  १८:२०
1140x725
अनशनस्थलमा निहारिका (बायाँबाट तेस्रो)

काठमाडौं— निहारिका राजपुतले गएको शनिबार माइतिघर मण्डलमा अनशन सुरु गरिन्। उनीसँगै २१ महिनाका छोरा पनि थिए।

दिनभर सञ्चारकर्मी र सहयोगी मात्र नभएर रमितेको पनि भिड लाग्यो। प्रहरी आसपास नै थिए। त्यही भिडको कारण प्रहरी मुकदर्शक मात्र भए।

तर, जब रात पर्‍यो, न त्यहाँ सञ्चारकर्मी र सहयोगी थिए, न त रमिते नै। प्रहरीले राति ९ बजे त्यहाँबाट उठाएर वसन्तपुरमा छाडिदिए। अहिले उनी वसन्तपुरमा नै अनशन बसेकी छिन्।

निहारिका कमजोर भइसकेकी छिन्। २१ महिनाका बालक भोकाएर बेलाबेला आमाको दूध खान खोज्छन्। तर, उनी उठ्न सक्दिनन्। उनीसँगै अधिकारकर्मी जस्मिन ओझा र देवकुमार शर्मा पनि अनशन बसेका छन्।

आफू बलात्कृत भएको भन्दै बलात्कारीलाई कारबाहीको माग राखेर निहारिका अनशन बसेकी हुन्। आफ्नो छोरा बलत्कारकै कारण जन्मिएको उनले बताएकी छिन्।

निहारिकाको घर जलेश्वर–९ महोत्तरीमा पर्छ। उनी घरकी कान्छी छोरी हुन्। मध्यम आयस्तर भएको परिवार भएको कारण खान लगाउन दुःख थिएन।

उनी एसईईपछि थप अध्ययनका लागि धनुषाको जनकपुर गइन्। उनको परिवारका सदस्य पनि जनकपुर बस्दै आएका छन्। कक्षा ११ मा होटेल म्यानेजमेन्ट लिएर पढ्दै थिइन्। ‘व्यवस्थापन पढेर राम्रो जागिर गर्ने सपना थियो,’ उनी भन्छिन्।

२०७६ कात्तिकमा गृहकार्य गर्नका लागि उनी साथीको घर गइन्। सँगै बसेर गृहकार्य गर्न लाग्दा साथी बाहिर गइन्। साथीका दाइ शिवराज श्रेष्ठ त्यहीँ थिए। कोठामा एक्लै गृहकार्य गरिराखेको बेला शिवराजले आफूलाई बलात्कार गरेको निहारिकाको आरोप छ। त्यतिबेला उनी १७ वर्षकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

बलात्कार गर्नुअघि लट्ठ बनाउने औषधि खुवाएको उनको दाबी छ। बलात्कार भएको १४औँ दिनमा नै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको उनले बताइन्। परिवारका सदस्य र आफन्तलाई पनि आफूमाथि बलात्कार भएको बताइन्। ‘तर, कसैले मेरा कुरामा चासो देखाएनन्। मेडिकल जाँच गराउँदा पेटमा गर्भ रहेको थाहा भयो,’ उनले भनिन्, ‘बलात्कार गर्नेका परिवारले गर्भ तुहाउन धम्की दिए। तर, मैले मानिनँ।’

२०७७ भदौ ५ गते उनले छोरालाई जन्म दिइन्। उनले उजुरी गरेपछि प्रहरीले जिल्ला अदालत धनुषामा मुद्दा चलाइदिएको थियो। छोरा जन्मिएपछि पनि उनी न्यायको प्रतीक्षामा नै थिइन्। तर, २०७८ माघ २४ गते अदालतले शिवराजको पक्षमा फैसला ग¥यो। सहमतिमा सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले शिवराजलाई सफाइ दिएको थियो। 

निहारिकाले नै प्रहरीमा दिएको सुरुका दुई वटा निवेदनमा ‘श्रीमान् श्रीमती’ लेखिएको भन्दै अदालतले त्यसलाई पनि फैसलामा उल्लेख गरेको छ। उनले बलात्कारको जाहेरीअघि एकपटक ‘जीवनरक्षा गरी पाउँ’ भनेर र अर्कोपटक ‘हक अधिकार दिलाइपाउँ’ भनेर दिएको निवेदनमा ‘श्रीमान् श्रीमती’ उल्लेख भएको फैसलामा भनिएको छ।

तर, शिवराजले दिएको बयानमा भने आफूहरू श्रीमान्–श्रीमती भएको उल्लेख छैन। उनले निहारिकालाई ‘साथी’ बताएका छन्। आफूहरू फरक कलेजमा पढ्ने गरेको र साथी मात्र भएको उनको बयानमा उल्लेख छ। उनले बलात्कारको आरोप अस्वीकार गरेका छन्।

अदालतले शिवराजलाई सफाइ दिएपछि त्यो फैसलाले उनलाई ठूलो बज्रपात पर्‍यो। ‘त्यो फैसलापछि यो राज्य बलात्कारीको पक्षम रैछ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफनो र बच्चाको न्यायको लागि चुप नबस्ने निर्णय गरेँ।’

उनी महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूको सम्पर्कमा पुगिन्। न्यायको लागि धेरैतिर हारगुहार गरिन्। उनलाई सहयोग गरिरहेकी अधिकारकर्मी जस्मिन ओझाले निहारिकाको पक्षमा रहेका प्रमाण नष्ट गरिएको बताएकी छिन्। उनीहरूले न्यायका लागि महिला आयोगदेखि राष्ट्रपति कार्यालयसम्म धाए। सबैतिरबाट आश्वासन मात्र पाएको ओझा बताउँछिन्।

तर, हारगुहार मात्र गरेर निहारिका चुप बसिनन्। उनले गएको फागुन १२ गते जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरिन्। उक्त मुद्दा अहिले पनि विचाराधीन छ।

तर, मुद्दाको पेसी उच्च अदालत जनकपुरले चार महिनासम्म पनि नतोकेको भन्दै उनी अनशन बस्न थालेकी हुन्। उनले आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने, बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेलगायत माग राखेकी छिन्।

निहारिका साथीसँग काठमाडौं बस्दै आएकी छन्। तीन वर्षसम्म उनले आफूलाई बलात्कार भएको भन्दा कसैले नसुनेको बताएकी छन्। ‘न्यायको लागि तीन वर्षसम्म धेरैतिर दौडधूप गरेँ। कतै न्याय नपाएपछि सडक रोजेको हुँ। यो मेरो लागि अन्तिम विकल्प हो,’ उनले भनेकी छन्।

काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले आफ्नो बच्चा नदेखेको उनी बताउँछिन्। उच्च अदालतले चार महिनासम्म पेसी नतोक्दा आफू र आफ्नो बच्चा मर्ने स्थितिमा पुगेको भन्दै उनले दुखेसो व्यक्त गरिन्। उनले भनिन्, ‘म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो?’

मुद्दालाई सुरुदेखि नै कमजोर बनाइएको भन्दै उनले अब पुनः अनुसन्धान गर्नुपर्ने उनको माग छ। ‘फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्छ,’ उनले भनिन्, ‘२१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्छ।’

न्याय नमिलेसम्म अनशन नतोड्ने उनले बताएकी छिन्।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्