• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अमेरिकाविरुद्ध ‘फ्लप’ खेलाडीलाई उतारेर ‘जुवा’ खेल्ने कि नयाँ परीक्षण गर्ने?

64x64
दीप सुवेदी शनिबार, जेठ २८, २०७९  ०८:०५
1140x725

काठमाडौं– नेपाली क्रिकेटमा लामो समयदेखि टड्कारो प्रश्न छ– बारम्बार नेपालको ब्याटिङ किन धराशायी हुन्छ? समस्या कहाँनेर छ भने प्रश्नको उत्तर मिल्दा नमिल्दै पुन: नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२  अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित हुन पुगेको छ। 

बिहीबार ह्युस्टस्थित मोसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। सायद ३३ खेलमा २० जित र १२ मा हारका साथ शीर्ष स्थानमा रहेको ओमानलाई पनि नेपालको ब्याटिङ समस्याबारे प्रस्ट थाहा थियो। चिल्लो पिचमा पहिला ब्याटिङ गर्दै जतिधेरै रन बनायो उति नै नेपाली खेलाडीलाई सकस हुने निश्चित नै थियो। त्यसैले टस जितेर मकसुदले पहिले ब्याटिङ गर्नेबारे दुईपटक सोच्न परेन। 

तर, विशाल लक्ष्य बनाउने योजना बनाएर मैदान उत्रिएका मकसुदबाहेक ओमानका अन्य खेलाडी पनि चल्न सकेनन्। टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। ओमानका कप्तान जिशान मकसुदले १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ्स खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए।

मकसुदबाहेक अन्यको प्रदर्शन भने राम्रो थिएन। तीव्र गतिका बलर करण केसीले खेलमा ओमानलाई पुरै दबाब राख्न सफल भए। करणले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। बलिङमा सानदार प्रदर्शन गरेपनि नेपालका खेलाडी नचल्नुले ओमानसँग १३ रनको पराजय बेहोर्न बाध्य भयो।

जितका लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमा अलआउट भयो। नेपालका तल्लोक्रमका आरिफ शेखले ७९ बलमा ६ चौकासिहत ६६ रनको सर्वाधिक योगदान दिए। तर, अन्य ब्याटर चल्न नसक्दा नेपाल १३ रनले पराजित हुन पुग्यो।

ब्याटिङमा संघर्ष
ओडीआईमा २ सय १२ रनको लक्ष्य पूरा हुन सक्दैन भने त्यसको मुख्य कारण नै खराब ब्याटिङ हो। आरिफलाई छाड्ने हो भने अन्य सबै ब्याटरले खराब ब्याटिङ गरे। सामान्य लक्ष्य पूरा गर्न मैदान उत्रिएको नेपालले पावर प्लेमा सुस्त सुरुआत गरेको थियो। जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा पहिलो १० ओभरमा १ विकेट गुमाउँदै ३० रन मात्र बनायो। 

तर, नेपाली खेलाडीले लगातार डट बल खेल्दै आफ्नो विकेट घुमाइरहे। नेपालले राम्रोसँग ब्याटिङ गर्न सकेको भए यो लक्ष्य सहजै पूरा गर्न सक्थ्यो। तर, सपाट ब्याटिङ सहयोगी पिचमा आरिफबाहे अन्य खेलाडी चल्न सकेनन्। 

कप्तान सन्दीप लामिछानेले पनि खेलपछि खराब ब्याटिङलाई नै दोष दिए। उनले नयाँ ब्याटरले समय लिनु र साझेदारी गर्दा रनरेट बढ्नुको कारण खेल हार्न पुगेको स्वीकार गरे। 

Ncell 2
Ncell 2

‘यो लक्ष्य पूरा गर्न नसक्नु ब्याटिङमा असफलता हो। जहाँ हामीले साझेदारी गरेका थियौं त्यहाँ विकेट गुमायौं। हामीलाई जुन समय साझेदारी चाहिएको थियो हामी ठ्याक्कै उल्टो गरेका थियौं। फेरि नयाँ ब्याटरले समय लिनु र साझेदारी गर्दा रनरेट पनि बढ्यो,’ उनले भने।

पक्कै पनि, बलियो साझेदारीले त्यसपछि आउने ब्याटरलाई खुलेर खेल्ने वातावरण बन्ने गर्दछ। तर, नेपालको तर्फबाट यस खेलमा सर्वाधिक ठूलो साझेदारी विनोद भण्डारी र आरिफले छैटौं विकेटका लागि ३७ रनको गरेका थिए। नेपालले लगातार खेलमा विकेट गुमाइरह्यो। कुनैपनि ब्याटरको जोडीले क्रिजमा जमेर विजयी साझेदारी गर्न सकेनन्।

सोही मैदानमा अघिल्लो दिन कप्तान तथा विकेटकिपर मोनांक पटेल र सुशान्त मोदानको शतक तथा अली खानको पाँच विकेटको सहयोगमा अमेरिकाले ओमानमाथि ११४ रनको सानदार जित हात पारेको थियो। टस हारेर ब्याटिङ थालेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२३ रन बनाएको थियो। 

अमेरिका कप्तान मोनांक पटेलले १०१ बलमा ११ चौका र ६ छक्कासहित १३० रनको शतकीय इनिङ्स खेलेका थिए। सुशान्त मोदानीले १३३ बलमा ९ चौकासहित १११ रनको शतकीय इनिङ्स खेले। दोस्रो विकेटका लागि मोदानी र पटेलले २०९ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्‍याएका थिए। अमेरिकाबाट कुनैपनि विकेटका लागि भएको यो उच्च साझेदारी थियो। त्यस्तै, अमेरिकाबाट ओडीआई दुई शतक एकै इनिङ्समा पहिलो पटक प्रहार भयो। 

तर, भोलिपल्ट नेपालका लागि करणले ५ विकेट लिनु र आरिफले अर्धशतक बनाउनुबाहेक उल्लेख्य पक्ष केही रहेन। सुनिल धमलाले ५ वर्षपछि राष्ट्रिय टोलीमा फर्केर ओडीआईमा अन्तर्राष्ट्रियमा डेब्यु त गरे, तर त्यही उपल्बधिबाहेक उनले केही हात पारेनन्।

ब्याटिङमा फेरबदलले समस्या
पछिल्लो एक वर्ष टी–२० देखि ओडीआईसम्म डेब्यु गर्दै आसिफ शेख र कुशल भुर्तेल नेपालको नियमित ओपनिङ जोडीको रुपमा उदाएका थिए। ओपनिङमै समस्या रहेको बेला उदाएको हो जोडीले नेपाललाई केही हदसम्म किनरा लगाएको थियो।

यसपटक पनि मुख्य प्रशिक्षक पुबुदु दासानायकेको जितको सुत्र नै यी जोडी थिए। तर, दुर्भाग्य! लिग–२ अघि अभ्यास खेल र अभ्यासका क्रममा दुवै खेलाडी घाइते हुन पुगे। आसिफ घुँडा र कुशल ह्याम्सट्रिङ समस्याका कारण ओमानविरुद्धको खेल खेल्ने सक्ने अवस्थामा नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले ओपनर विकेटकिपर सुवास खकुरेललाई अमेरिका पठाइएको थियो। 

सुवास २०२० पछि नेपाली टोलीमा फर्किएका थिए। सुवासले पछिल्लो पटक नेपालका लागि २०२० मा लिग–२ अन्तर्गत ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेलेका थिए। घरेलु भूमिमा भएको सिरिजका लागि राष्ट्रिय टोलीमा समावेश गरिएका शरद भेषवाकर घाइते भएपछि सुवासले मौका पाएका थिए। 

तर, उनले प्रभावशाली खेल देखाउन सकेनन्। तीन खेल खेल्दा उनले जम्मा २५ रन बनाए। एउटा खेलमा डकआउट भएका उनले ओमानविरुद्ध २२ रन बनाएका थिए। सुवासले पाँच ओडीआई खेल्दै एक अर्धशतकसहित जम्मा ९४ रन बनाएका थिए। उनको स्ट्राइक रेट ५०.५३ छ। उनले २०१८ अगष्ट ३ मा ओडीआई डेब्यु गर्दै नेदरल्यान्डसविरुद्ध १९ रन बनाएका थिए। उनको खराब रेकर्ड हुँदाहुँदै पनि उनैलाई ओपनिङमा ल्याउनु नेपाली टोलीलाई जुवा खेले सरहको थियो। यता, सुवासलाई पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्ने मौका थियो। तर, उनले कुनै पनि स्थानबाट नेपाली टोलीलाई साथ दिन सकेनन्।

तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास लाई ३ रनमा बोल्ड गरे। त्यस्तै पाँच वर्षपछि सिनियर टोलीमा फर्किदै ओडीआईमा डेब्यू खेल खेलेका सुनिल पनि ३८ बलमा १२ रन बनाउँदै जिशान मकसुदको बलमा बोल्ड भए। उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेल मकसुदको १९औं ओभरको पहिलो बलमा खवर अलीबाट २० रनमा क्याच भएपछि नेपाल दबाबमा परेको थियो।

नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी पनि अयान खानको बलमा मकसुदबाट १६ रनमा क्याच भएपछि नेपालले संघर्ष गरेको थियो। रोहित र दीपेन्द्र नेपालका वर्तमान समयका प्रमुख ब्याटर हुन्। यी दुई ब्याटरको प्रदर्शनमा नेपालको नतिजा धेरै निर्भर हुन्छ। यी दुईमध्ये एक ब्याटर चलेको भएपनि नेपालले सहज जित हात पार्न सक्थ्यो। त्यस्तै, अनुभवी ओपनर सुवास र विनोदको कमजोर प्रदर्शन पनि हारको कारण हो। किनभने लक्ष्य पछ्याउँदा यी चारमध्ये एक ब्याटरले ठूलो इनिङ्स खेल्न सक्नुपर्दथ्यो। यस्तो दबाबको खेलमा अनुवभी खेलाडी राख्नुको मतलब भनेकै सम्हालिएर खेल्नु हो। तर, अनुवभी ब्याटरकै प्रदर्शन सम्झन लायक रहेन।

‘हामीलाई जुन समय साझेदारी चाहिएको थियो हामी ठ्याक्कै उल्टो गरेका थियौं। लक्ष्य अनुसार आक्रामक हुन आवश्यक थिएन। एउटा एण्डबाट विकेट नजाओस् भन्ने थियो। मेरो सोचमा ४५ ओभरसम्म सकिन पर्ने हो। पावर प्लेमा रनभन्दा पनि विकेट नगुमाउने भन्ने थियो। योजना सबै स्पष्ट थियो। मलाई आशा छ यहाँबाट सिक्ने छौं,’ कप्तान सन्दीपले हारपछि भने।

अब नेपालले आज शनिबार दोस्रो खेल अन्तर्गत टेक्ससस्थित मोसा क्रिकेट मैदानमा घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। 

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुने छ। ओडीआई विश्वकप खेल्ने लक्ष्य लिएर अमेरिका उडेको नेपाल आजको खेलमा जित हात पार्दै २ अंक जोड्न चाहन्छ।

अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो। पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ। तर, घरेलु टोली अमेरिकाको पछिल्लोपटक जुन लय देखिएको छ, त्यसविरुद्ध जित निकाल्न भने नेपाललाई मुस्किल हुने देखिन्छ।

मुख्य प्रशिक्षक दासानायके यो खेलमा पक्कै पनि हार चाहँदैनन्। उनी स्पष्ट जित नै चाहन्छन्। तर, यहाँनेर के प्रश्न उठ्छ भने– उनी यो खेलमा पनि सुवास, विनोद र सुनिल जस्ता ‘फ्लप’ खेलाडीलाई नै मैदान उतारेर जुवा खेल्छन् कि नयाँ परीक्षण गर्छन्?

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्