काठमाडौं– प्रतिनिधि सभाको बैठकमा आज बिहीबार चार मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।