• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘सरकार फेरियो, मन्त्री फेरिए, फेरिएन मलको कथा’

ईश्वर बराल बुधबार, जेठ २५, २०७९  २०:००
1140x725

काठमाडौं- ‘सरकार फेरियो, मानिसहरु फेरिए, मन्त्री फेरिए, तर मलको कथा जहिले पनि उस्तै रह्यो।’

प्रतिनिधिसभाको बुधबारको बैठकमा  सांसद गगन थापाले सत्ता परिवर्तन भए पनि किसानको दैनिकी र कथाव्यथामा परिवर्तन नआउने प्रवृत्तिप्रति आक्रोश भावमा भनेका थिए। 

बुधबार विनियोजनक विधेयकको मन्त्रालयगत छलफल थियो। त्यसक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारप्रति पनि असन्तुष्टि पोखे। सरकारले समयमै मल उपलब्ध गराउन नसकेकोमा लज्जाबोध गर्नु पर्ने टिप्पणी गरे।
‘मल दिन्छौं भनेर दायित्व लिएर आउँछौं, हामीलाई लज्जा हुनुपर्छ,’ उनले भने। हरेक वर्ष किसानका कथा र सरकारको तयारी उस्तै रहेको उनको भनाइ छ। 

‘यो अहिलेमात्र भएको हैन। गएका सालहरूमा पनि मनसुन राम्रो भयो, तर मलअभावले हामीलाई ठूलो घाटा भयो’ उनले भने,‘अघिल्ला वर्षहरूको पत्रिका पल्टाएर हेर्‍यौं भने मलका कथा, छलफल यस्तै रहेको छ।’

बुधवारमात्र कृषि तथा पशुपंक्षी मन्त्रालयले रासायनिक मलको पछिल्लो अवस्थाबारे एक विज्ञप्ति जारी गरेका थियो। उक्त वक्तव्यमाथि टिप्पणी गर्दै थापाले भने, ‘वक्तव्य आउँछ, मल आउँदैन। रोएका किसानको फोटो आउँछ, किसानहरू लाईनमा बस्छन्, तर मल आउँदैन।’

उनले आफ्नै सरकारको मल नीतिमाथि संशय व्यक्त गरे। हुन त उनले मलको प्राविधिक पक्ष तथा नेपालको आवश्यकताका बारेमा स्पष्ट पारेका थिए। 

उनका अनुसार मल चीनमा करिब ३९४ केजी प्रतिहेक्टर, भारतमा १९४ केजी प्रतिहेक्टर र नेपालमा करिब ८७ केजी प्रतिहेक्टर प्रयोग हुन्छ। भने, ‘प्रविधिक हिसाबले हामीलाई चाहिने १२ लाख ९७ मेट्रिक टन हो। तर अहिले हामीलाई करिब ५ लाख २० हजार मेट्रिक टन अत्यावश्यक छ। जेठ र असारमा करिब २ लाखदेखि ३ लाख मेट्रिक टन चाहिन्छ।’ 

तर कृषि मन्त्रालयको पछिल्लो विज्ञप्तिअनुसार असार मसान्तसम्ममा करिब १ लाख ९२ हजार टन मल आउनेछ। त्यस्तै मौज्जात ७ हजार टन छ। २० हजार आउनेक्रममा छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थामा दिनको २ हजार टनभन्दा बढी मल आउन नसक्ने उल्लेख गर्दै थापाले यो वर्ष पनि किसानले मलको समस्यामा सदाझैं झेल्नुपर्ने दाबी गर्छन्। 

त्यसका लागि अल्पकालीन र दीर्घकालीनरुपमा कार्ययोजना बनाएर मलको समस्या समाधान गर्नुपर्ने उनको धारणा छ। दीर्घकालीन रुपमा कारखाना खोल्ने वा अन्य विकल्पबारे सोच्नुपर्ने उनले बताए। 

तर अहिलेका लागि न्यूनतम परिणाम तोकेर प्रत्येक महिना आयात गरे अहिलेको अभावलाई सम्बोधन गर्न सकिने उनको भनाइ छ। 

प्रतिपक्षीको व्यंग–मन्त्री निर्वासित हुने आशंका छ
मलकै विषयमा संसदमा बोल्ने प्रतिपक्षी दलका सांसदहरुले भने कृषिमन्त्रीप्रति व्यंग गरे।

Xtrem

Xtrem

एमाले सांसद योगेश भट्टराईले बालीलगाउने बेलामा मलको प्रबन्ध गर्न सरकारले नसकेको बताए। वर्तमान कृषिमन्त्री मल आयातका लागि भारत गएको विषयमा व्यंग गर्दै उनले कृषिमन्त्रीकै खोजी गर्नुपर्ने बेला भएको बताए। 

‘आज बाली लगाउने बेला भएको छ। मल छैन,’ उनले भने, ‘मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ। कहाँ पुग्नु भयो। उहाँको हालखबर के छ। मल आउँछ कि आउँदैन। मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुहुने पो हो कि भन्ने आशंका छ।’

कमिसनको खेलमा सरकार रहेकाले मल नआएको टिप्पणी उनले गरे। भने, ‘मल आउँछ, तर मल ल्याउन खोजिएको छैन। मलमा माल खोजेको छ यो सरकारले।’

माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले रासायनिक मलको विकल्पको रुपमा अन्य मलको व्यवस्था  गर्नुपर्ने बताइन्। उनले भनिन्,‘रासायनिक मलको विकल्पको रुपमा अन्य मलको व्यवस्था गरेर जान सक्छौं। त्यसतर्फ सरकारको ध्यान दिनुपर्छ।’

संसद बैठकमै सांसदका यस्ता भनाइले कृषि प्रधान देशमा कृषिका आधारभूत पदार्थ(मल, बीउ) को स्थिति कस्तो छ भन्ने प्रष्ट पारेको छ। खासगरी यो विषय किसानलाई अत्यन्त जरुरी रहेको समय अर्थात् मनसुनको समयमा बहसमा आउछ। अन्य समयमा यसबारे कसैले आवाज उठाएको पाइदैन।

कृषि सामग्री लिमिटेड, साल्ट ट्रेडिङलगायतका संस्था छन्, जसको काम नै यस्ता आधारभूत कृषि तथा अन्य सामग्रीको समयमै प्रबन्ध गर्नु हो। तर यी कार्यमै यी निकाय मूकदर्शकजस्तै देखिएका छन्। 

कृषि मन्त्रालय नै भन्छ–रासायनिक मलको आशातित आपूर्ति हुन सकेन 
मल अभावको बहस जारी रहेकै बेला कृषि तथा पशुपंक्षी मन्त्रालयले विज्ञप्ति जारी गरी औपचारिकता निर्वाह गरेको छ। जारी ‘रासायनिक मलको आपूर्ति अवस्थाबारे जानकारी’ विज्ञप्तिमा मलको आपूर्ति प्रकृया र मूल्यमा आएको परिवर्तनले किसानसामु समयमा आशातित रासायनिक मलको उपलब्धता हुन नसकेको बताएको छ।

यस्तै सरकारले अब ‘जीटुजी’ माध्यमबाट मल आयात गर्ने बताएको छ।  यो प्रक्रियाबाट आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिद सम्झौता गरेको छ। 

सम्झौता अनुसार यस आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद प्रकृया अगाडि बढाइएको छ। सम्झौतालाई अगाडि बढाउन नेपाल सरकारका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडलाई तोकिएको छ। 

त्यस्तै, सरकारले योभन्दा अगाडि तोकिएको समयमै मल उपलब्ध नगराउने आपूर्तिकर्ताहरुको ठेक्का रद्ध गर्ने प्रकृया अगाडि बढाइएको बताएको छ। 

मन्त्रालयका अनुसार हाल मलको उपलब्धताको अवस्था यस्तो रहेको छ–

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले खरिद गरेकोमध्ये २० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको छ र २२ हजार मेट्रिक टन युरिया जेठ अन्तिममा प्राप्त गर्न सुरु हुने।

कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्येको ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ताबाट प्राप्त हुन सुरु हुने, २० हजार मेट्रिक टन डीएपी असार दोस्रो हप्ताबाट र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने।

त्यस्तै जीटुजी माध्यमबाट भारतबाट मल खरिदअन्र्तगत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्ममा प्राप्त हुने।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्