• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘सरकार फेरियो, मन्त्री फेरिए, फेरिएन मलको कथा’

ईश्वर बराल बुधबार, जेठ २५, २०७९  २०:००
1140x725

काठमाडौं- ‘सरकार फेरियो, मानिसहरु फेरिए, मन्त्री फेरिए, तर मलको कथा जहिले पनि उस्तै रह्यो।’

प्रतिनिधिसभाको बुधबारको बैठकमा  सांसद गगन थापाले सत्ता परिवर्तन भए पनि किसानको दैनिकी र कथाव्यथामा परिवर्तन नआउने प्रवृत्तिप्रति आक्रोश भावमा भनेका थिए। 

बुधबार विनियोजनक विधेयकको मन्त्रालयगत छलफल थियो। त्यसक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारप्रति पनि असन्तुष्टि पोखे। सरकारले समयमै मल उपलब्ध गराउन नसकेकोमा लज्जाबोध गर्नु पर्ने टिप्पणी गरे।
‘मल दिन्छौं भनेर दायित्व लिएर आउँछौं, हामीलाई लज्जा हुनुपर्छ,’ उनले भने। हरेक वर्ष किसानका कथा र सरकारको तयारी उस्तै रहेको उनको भनाइ छ। 

‘यो अहिलेमात्र भएको हैन। गएका सालहरूमा पनि मनसुन राम्रो भयो, तर मलअभावले हामीलाई ठूलो घाटा भयो’ उनले भने,‘अघिल्ला वर्षहरूको पत्रिका पल्टाएर हेर्‍यौं भने मलका कथा, छलफल यस्तै रहेको छ।’

बुधवारमात्र कृषि तथा पशुपंक्षी मन्त्रालयले रासायनिक मलको पछिल्लो अवस्थाबारे एक विज्ञप्ति जारी गरेका थियो। उक्त वक्तव्यमाथि टिप्पणी गर्दै थापाले भने, ‘वक्तव्य आउँछ, मल आउँदैन। रोएका किसानको फोटो आउँछ, किसानहरू लाईनमा बस्छन्, तर मल आउँदैन।’

उनले आफ्नै सरकारको मल नीतिमाथि संशय व्यक्त गरे। हुन त उनले मलको प्राविधिक पक्ष तथा नेपालको आवश्यकताका बारेमा स्पष्ट पारेका थिए। 

उनका अनुसार मल चीनमा करिब ३९४ केजी प्रतिहेक्टर, भारतमा १९४ केजी प्रतिहेक्टर र नेपालमा करिब ८७ केजी प्रतिहेक्टर प्रयोग हुन्छ। भने, ‘प्रविधिक हिसाबले हामीलाई चाहिने १२ लाख ९७ मेट्रिक टन हो। तर अहिले हामीलाई करिब ५ लाख २० हजार मेट्रिक टन अत्यावश्यक छ। जेठ र असारमा करिब २ लाखदेखि ३ लाख मेट्रिक टन चाहिन्छ।’ 

तर कृषि मन्त्रालयको पछिल्लो विज्ञप्तिअनुसार असार मसान्तसम्ममा करिब १ लाख ९२ हजार टन मल आउनेछ। त्यस्तै मौज्जात ७ हजार टन छ। २० हजार आउनेक्रममा छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो अवस्थामा दिनको २ हजार टनभन्दा बढी मल आउन नसक्ने उल्लेख गर्दै थापाले यो वर्ष पनि किसानले मलको समस्यामा सदाझैं झेल्नुपर्ने दाबी गर्छन्। 

त्यसका लागि अल्पकालीन र दीर्घकालीनरुपमा कार्ययोजना बनाएर मलको समस्या समाधान गर्नुपर्ने उनको धारणा छ। दीर्घकालीन रुपमा कारखाना खोल्ने वा अन्य विकल्पबारे सोच्नुपर्ने उनले बताए। 

तर अहिलेका लागि न्यूनतम परिणाम तोकेर प्रत्येक महिना आयात गरे अहिलेको अभावलाई सम्बोधन गर्न सकिने उनको भनाइ छ। 

प्रतिपक्षीको व्यंग–मन्त्री निर्वासित हुने आशंका छ
मलकै विषयमा संसदमा बोल्ने प्रतिपक्षी दलका सांसदहरुले भने कृषिमन्त्रीप्रति व्यंग गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमाले सांसद योगेश भट्टराईले बालीलगाउने बेलामा मलको प्रबन्ध गर्न सरकारले नसकेको बताए। वर्तमान कृषिमन्त्री मल आयातका लागि भारत गएको विषयमा व्यंग गर्दै उनले कृषिमन्त्रीकै खोजी गर्नुपर्ने बेला भएको बताए। 

‘आज बाली लगाउने बेला भएको छ। मल छैन,’ उनले भने, ‘मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ। कहाँ पुग्नु भयो। उहाँको हालखबर के छ। मल आउँछ कि आउँदैन। मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुहुने पो हो कि भन्ने आशंका छ।’

कमिसनको खेलमा सरकार रहेकाले मल नआएको टिप्पणी उनले गरे। भने, ‘मल आउँछ, तर मल ल्याउन खोजिएको छैन। मलमा माल खोजेको छ यो सरकारले।’

माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले रासायनिक मलको विकल्पको रुपमा अन्य मलको व्यवस्था  गर्नुपर्ने बताइन्। उनले भनिन्,‘रासायनिक मलको विकल्पको रुपमा अन्य मलको व्यवस्था गरेर जान सक्छौं। त्यसतर्फ सरकारको ध्यान दिनुपर्छ।’

संसद बैठकमै सांसदका यस्ता भनाइले कृषि प्रधान देशमा कृषिका आधारभूत पदार्थ(मल, बीउ) को स्थिति कस्तो छ भन्ने प्रष्ट पारेको छ। खासगरी यो विषय किसानलाई अत्यन्त जरुरी रहेको समय अर्थात् मनसुनको समयमा बहसमा आउछ। अन्य समयमा यसबारे कसैले आवाज उठाएको पाइदैन।

कृषि सामग्री लिमिटेड, साल्ट ट्रेडिङलगायतका संस्था छन्, जसको काम नै यस्ता आधारभूत कृषि तथा अन्य सामग्रीको समयमै प्रबन्ध गर्नु हो। तर यी कार्यमै यी निकाय मूकदर्शकजस्तै देखिएका छन्। 

कृषि मन्त्रालय नै भन्छ–रासायनिक मलको आशातित आपूर्ति हुन सकेन 
मल अभावको बहस जारी रहेकै बेला कृषि तथा पशुपंक्षी मन्त्रालयले विज्ञप्ति जारी गरी औपचारिकता निर्वाह गरेको छ। जारी ‘रासायनिक मलको आपूर्ति अवस्थाबारे जानकारी’ विज्ञप्तिमा मलको आपूर्ति प्रकृया र मूल्यमा आएको परिवर्तनले किसानसामु समयमा आशातित रासायनिक मलको उपलब्धता हुन नसकेको बताएको छ।

यस्तै सरकारले अब ‘जीटुजी’ माध्यमबाट मल आयात गर्ने बताएको छ।  यो प्रक्रियाबाट आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिद सम्झौता गरेको छ। 

सम्झौता अनुसार यस आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद प्रकृया अगाडि बढाइएको छ। सम्झौतालाई अगाडि बढाउन नेपाल सरकारका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडलाई तोकिएको छ। 

त्यस्तै, सरकारले योभन्दा अगाडि तोकिएको समयमै मल उपलब्ध नगराउने आपूर्तिकर्ताहरुको ठेक्का रद्ध गर्ने प्रकृया अगाडि बढाइएको बताएको छ। 

मन्त्रालयका अनुसार हाल मलको उपलब्धताको अवस्था यस्तो रहेको छ–

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले खरिद गरेकोमध्ये २० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको छ र २२ हजार मेट्रिक टन युरिया जेठ अन्तिममा प्राप्त गर्न सुरु हुने।

कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्येको ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ताबाट प्राप्त हुन सुरु हुने, २० हजार मेट्रिक टन डीएपी असार दोस्रो हप्ताबाट र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने।

त्यस्तै जीटुजी माध्यमबाट भारतबाट मल खरिदअन्र्तगत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्ममा प्राप्त हुने।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
कर्णाली टस जितेर बलिङमा
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रय... बिहीबार, कात्तिक १२, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौति... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्