काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याएको बताएका हुन्।
उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग प्रस्ताव ल्याइएको बताए। उनले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको उल्लेख गरे।
उनले भने, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि! यो प्रस्ताव अगाडि आएको छ। यसलाई विस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने। अनि क्रमशः एउटा टुंगोमा पुर्याउने कुरा हो नि त। त्यसकारण समय अझै छ। समिति गठन भएको छ। समितिले माग गर्नुपर्यो नि त। के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो। त्यो समितिले आफ्नो उत्तरदायित्व पूरा गर्न, दिएको जिम्मेवारी पूरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्यो। अनि संसद्ले काम गर्नुप¥यो। त्यसपछि त अगाडि बढीहाल्छ नि।’
उनले महाअभियोग प्रस्तावको सम्बन्धमा संसद्ले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए। समितिले आफ्नो काम गरिसकेपछि संसद्मा बाँकी प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।