काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीबीच भेटवार्ता भएको छ।
अधिकारी र शर्माले बुधबार बिहान मन्त्रालयमा भेटघाट गरेको राष्ट्र बैंक श्रोतले जानकारी दियो। निलम्बन र पुनर्बहाली प्रकरणपछि पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन्।
शर्मा र अधिकारीबीच कुरा भएको भन्ने विषयमा जानकारी नभएको राष्ट्र बैंक श्रोतले बताएको छ। नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा रहेको छ।
यसकारण मौद्रिक नीतिको तयारीको लागि अर्थमन्त्री र गर्भनरबीच भेटवार्ता भएको हुन सक्ने अर्थमन्त्रालय श्रोतले जानकारी दियो। नेपाल राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो हप्तामा मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सरोकारवालासँग रायसुझाव पनि माग्न थालिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।