• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा मन्त्री उपस्थित हुँदा ताली पिटेर स्वागत!

64x64
नेपाल लाइभ बुधबार, जेठ २५, २०७९  १७:१३
1140x725

काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि छलफल थियो। चारवटा मन्त्रालय केन्द्रित छलफल हुने कार्यसूची थियो। त्यसकारण यो छलफलमा मन्त्रीहरुको संसदमा उपस्थित अनिवार्य हुन्छ।

बुधबार ११ बजेका लागि बैठक तोकिएको थियो। १५ मिनेट ढिलोगरी संसदको घन्टी बज्यो र त्यो झन्डै निकैबेरसम्म बजिरह्यो। लामो समय घन्टी बज्नुको कारण थियो- संसद्‌भित्र मन्त्रीहरु नदेखिनु। त्यहीबीच आइपुगे- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू।

मन्त्री उपस्थित नहुँदा बैठक सुरु हुन नसकेकाले दिक्क भएका सांसद्हरुले मन्त्री बडूलाई ताली बजाएर स्वागत गरेको सांसद झपट रावल बताउँछन्। 'संसदीय इतिहासमा मन्त्री आउँदा ताली बजेको यो पहिलोपटक हुनुपर्छ', उनी भन्छन्।

ताली स्वागतार्थ नभई नेपाल सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको ख्याल नगरेको व्यंग्य स्वरुप थियो। उनै मन्त्री बडू पनि लामो समय संसद्‌ बैठकमा भने बसेनन्।

लामो समय घण्टी बजेको विषयलाई लिएर एमाले सांसद् विमला विकले रोष्ट्रममै पनि चर्चा गरिन्। 'सभामुख आउनुभन्दा अगाडि पाँच मिनेट घन्टी बज्नुपर्ने, आज झन्डै २५ मिनेट बज्यो। घडी बिग्रेको रहेछ कि जस्तो पनि लाग्यो हामीलाई। यसो बुझ्दा त मन्त्रीज्यू नआएर घण्टी बजिरहेको रहेछ', उनको व्यंग्यमिश्रित आलोचनामा उनले भनिन्, 'यस्तै हो संसदको गरिमा? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।'

Ncell 2
Ncell 2
nimb
nimb

बुधबार आयोजित चार मन्त्रालयको बजेटमाथि छलफलको कार्यसूची थियो। विकले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खर्च एक रुपैयाँ राख्न प्रस्ताव गर्न रोस्ट्रम पुगेकी थिइन्। तर उनले विभिन्न मन्त्रालयका नेतृत्व गरेका मन्त्रीको खोजी गरिन्। कारण थियो, सदनमा अनुपस्थिति।

'मैले आजको कार्यसूची पाएको छु। यहाँ आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बारेमा छलफल हुन्छ। मैले कृषि मन्त्री चिनेको छु, तर यहाँ देख्दिनँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बारेमा छलफल हुने सूची छ। मैले उद्योग मन्त्री पनि चिन्छु, तर यहाँ देख्दिनँ। संघीय मामिला मन्त्री पनि चिन्छु, तर देख्दिनँ। सञ्चार तथा सूचना मन्त्रीलाई पनि चिन्छु, तर देख्दिनँ। आफ्नो मन्त्रालयको बारेमा छलफल भइरहँदा, सांसद्हरुले मन्त्रालयको बजेटको बारेमा कुरा गरिरहँदा मन्त्रीहरु आउनुपर्दैन? संसद्‌प्रति मन्त्रीहरुको उत्तरदायित्व हुन्छ कि हुँदैन? यसतर्फ सभामुखज्यूले रुलिङ गर्दा राम्रो हुन्छ', उनले भनिन्।

मन्त्रीको अनुपस्थितिलाई लिएर एमालेकै अर्का सांसद् विजय सुब्बाले पनि व्यंग्य गरे। 'पहिले पहिले हामीले मन्त्रीहरु खोज्दा 'आज संसद् छ, संसद्‌मा जानुपर्छ, भेट हुन सक्दैन' भन्थे, पहिलाका मन्त्रीहरु। आजभोलिका मन्त्रीहरु संसद्‌मा आउँदैनन्', उनले भने, 'त्यसै त संसद्‌को गरिमा, महिमा, वजन घटाइएको अवस्था छ। घट्दै गएको छ। यस्तो बेलामा संसद्‌को गरिमा र महिमा बढाउनुपर्ने सरकारका मन्त्रीहरु मेरो मन्त्रालयका बारेमा सांसद्‌हरुले के बोल्छन् भन्नेसम्म ख्याल नगर्नेहरुले, यस्ता मन्त्रीहरुले चलाउने सरकार, चलाइआएको सरकारबाट हामीले के आशा गर्ने?'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिपक्षी दलका सांसद् मात्रै होइन, मन्त्रीहरुको खोजी सत्ता पक्षकै सांसदले पनि गरेका थिए। तिनैमध्ये हुन्, कांग्रेसका सांसद् दिव्यमणि राजभण्डारी। उनले विभिन्न शीर्षकमा छलफल गरिराख्दा आज मन्त्रीहरु कहाँ हुनुहुन्छ? भन्दै प्रश्न गरेका थिए।  'सत्ता पक्षले सहयोग गरेन भन्नुहुन्छ। सत्ता पक्षकै सांसद्हरुले आफ्नो कुरा राख्न खोज्दा मन्त्रीहरु हुनुहुन्न। प्रतिपक्षका सांसद्हरुले चार्ज गरिरहँदाखेर हामी रातो नीलो भएर बस्नुपर्छ। आज एक मन्त्री हुनुहुन्छ, जो चारै वटा मन्त्रालयसँग मतलब नभएको मन्त्रीज्यु हुनुहुन्छ। तर भएका मन्त्रीहरु कहाँ हुनुहुन्छ, थाहा छैन', उनले भने।

राजभण्डारीको सम्बोधनपछि सभामुखको भूमिका निर्वाह गरिरहेकी पुष्पा कुमारी कर्ण कायस्थले दुई मन्त्रीहरु देशबाहिर रहेको सूचना यसअघि नै पढेर सुनाइएको बताएकी थिइन्। 'कृषि तथा पशुपन्छी विकास मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री देशबाहिर रहनुभएकोले उहाँहरुको कार्यभार अहिले क्रमशः भौतिक पूर्वाधार मन्त्री र गृहमन्त्रीले सम्हाल्नुभएको पत्र सभामै पढेर सुनाइएको स्मरण गराउन चाहन्छु,' उनले भनिन्।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
कर्णाली टस जितेर बलिङमा
सम्बन्धित सामग्री
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ । बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार सानेपामा आयोजित समारोहमा उनीहरूलाई शपथ खुवाइएको हो । बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्