काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने उनको तयारी छ। नेपाललाइभसँगको कुराकानीमा पनि उनले आफूलाई चुनाव लड्न पार्टीले प्रस्ताव गरेको र आफू पनि तयार रहेको स्वीकार गरेकी छन्।
‘पार्टीभित्रबाट युवाहरू अगाडि आउनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘जनताको समस्या समाधानका लागि दूरगामी र तत्कालीन आर्थिक योजनासहित आउनेछु। अहिले केही कानुननी कुरामा पनि कमजोरी छन्। तिनमा पनि बहस गर्नेछु।’
आफूले कानुन निर्माणदेखि अन्य काममा भूमिका निभाउने उनको भनाइ छ। ‘संघीय शासनसँग जोडिएका कुरा आउँछन्। मुलत नयाँ राजनीतिक संस्कार आवश्यक रह्यो। त्यसैले युवाहरूको आवश्यकता छ,’ उनले भनिन्, ‘आधारभुत आवश्यकताका विषयमा उठ्ने आवाज र कानुन तथा नीतिबारे अब युवाहरूले सोच्नुपर्छ।’
उनले आफू २ दशकदेखि राजनीतिमा सक्रिय रहेको भन्दै संगठित राजनीतिमा आएको प्रष्ट पारिन्। ‘आफ्नै बलवुताले यहाँसम्म आएको र विद्यार्थी आन्दोलनमा सत्रिmय भएको व्यक्ति हुँ । अहिले पनि म वागमती प्रदेशमा रहेको छु,’ उनले भनिन्, ‘सबैको पारिवारिक पृष्ठिभूमि हुन्छन्। मेरो पनि छ। तर यसमै जोड्न जरुरी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।