काठमाडौं– नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रमेश हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार बोर्डको ३०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजारमा ल्याउने बताएका हुन्।
हमालले बुक बिल्डिङमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको ‘अटोमेटेड इलेक्ट्रोनिक अकक्सन सिस्टम’ आउने दावी गरे। उनले दिगो र स्थापित तवरमा वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा पारदर्शी रूपले भित्र्याउन यो सिस्टम तयार गरिने बताए।
ठूला उद्योग र व्यवसायिक पक्षबाट सवाल कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गराई सर्वसाधारणको स्वामित्व बढाउँदै बजार विस्तार र सन्तुलित बनाइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।