काठमाडौं– पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अर्थमन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले ‘कोल्याप्स’ हानेको आरोप लगाएका छन्।
बुधाबारको प्रतिनिधि सभामा खर्च काटौती सम्बन्धीको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दा कुनै पनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद गरिने छैन भन्नुभयो। तर, सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो बुँदामै चारवटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ। मेरो विचारमा अर्थमन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।