काठमाडौं– एमालेका सांसद्हरुले चार वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्ताव र विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै उनीहरुले खर्च कटौती प्रस्ताव गरेका हुन्।
पद्मा अर्यालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, विमला विकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गोकुल बाँस्कोटाले सञ्चाार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती प्रस्ताव राखेर बजेटको विरोध गरेका हुन्। उनीहरु सबैले ती मन्त्रालयको खर्च एक-एक रुपैयाँ राख्न प्रस्ताव राखेका हुन्।
विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि छलफल जारी छ। बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चानर तथा सूचना प्रविधि मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ।
बुधबारकै बैठकमा नेमकिपाका सांसद् प्रेस सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले पनि ती मन्त्रालयहरुको खर्च कटौतीको प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।