काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनमा विशेष पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आग्रह गरेका छन्।
स्रोतसाधनकको व्यवस्था गर्ने तथा कानुन गाँठो फुकाउने काम महानगरले मात्रै गर्न नसक्ने भन्दै यस्तो आग्रह गरेका हुन्।
बुधबार प्रतिनिधि सभा बैठकको सून्य समयमा उनले भने, 'काठमाडौं महानगरपालिकाले गरेको पहलमा मद्दत गर्नु हामी सवैको कर्तव्य हो। यसमा प्रधानमन्त्रीज्यूलाई विशेष पहलकदमी लिन आग्रह गर्दछु। स्रोतसाधन र कानुनी गाँठो फुकाउन सरकारले नै पहल गर्नुपर्छ।'
साउन १ गतेबाट फोहरको स्रोतबाटै अनिवार्य रुपमा कुहिने र नकुहिने फोहर छुट्याउन अपिल महागनरले गरेको भन्दै साथ दिन उनले अपिल गरेका छन्। काठमाडौंबासी भएका नाताले र यही क्षेत्रको सांसद भएकाले उनले साथ दिन हार्दिक अनुरोध गरेका हुन्।
उनले अन्य नगरपालिका र वडाले पनि यसमा तयारी गर्नुपर्ने बताए। संघसंस्थालाई परिचालन गर्नेदेखि घर-घरसम्म यो सन्देश पुर्याउने काममा लाग्न अपिल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।