काठमाडौं– अछामका विनोद शाहीको हत्यामा राजनीतिक रंग मिसाउन खोजिएको आरोप प्रतिनिधि सभा सांसद यज्ञ बोगटीले लगाएका छन्। बुधबार संसदमा बोल्दै अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीले अहिलेसम्म जाहेरी दर्ता नभएको भन्दै घटनामा राजनीतिक रंग मिसिएको बताए।
'हत्यारालाई कारबाही गरियोस्। जाहेरी दर्ता गरियोस् र पोष्टमार्टम गरेर कानुनी प्रक्रिया अघि बढाइयोस्' भनेर त्यसबेलै ध्यानाकर्षण गराउँदै अहिलेसम्म हुन नसकेको भन्दै एमाले सांसद बोटलीले आक्रोश पोखे।
‘हिजो गृहमन्त्रीले न्यायीक रुपमा छानबिन गरिने, हत्यारालाई कारबाही गरिने भन्नु भएको थियो। तर अहिलेसम्म जाहेरी दर्ता भएको छैन । अहिलेसम्म त्यही ठाउँमा लाश कुहेर बसेको छ। जाहेरी दर्ता र कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयमा गृहको निर्देशन गयो कि गएन? जवाफ चाहियो’ बोगटीले भने।
‘विनोद शाहीको हत्या हुँदा पनि सरकार गम्भीर भएको छैन। सरकारका केही पक्षहरु राजनीतिको रंग देखिरहेका छन्। विद्यार्थी मारिँदा राजनीतिक रंग देखिनु हुँदैन । प्रशासनले टेरेको छैन। हत्यारालाई कारबाही गर्ने अवस्था अघि बढेको छैन। ९ दिनसम्म लास कुहाएर बसेको छ। सदनबाट ध्यानाकर्षण भएर जाहेरी दिर्ता गरेर दोषी माथि कारबाही गर्ने सभामुखको तर्फबाट निर्देशन होस्’ सांसद बोगटीले भने।
‘यो मुद्दामा राजनीतिको रंग देख्नु आवश्यक छैन। विद्यार्थी मारिँदा जो सुकै नेपाली नागरिक पनि राजनीतिक आवरण र व्यक्तितवको नामबाट राजनीतिक गर्नु उपयुक्त हुँदैन भन्ने कुरा म त्यहाँको जनताको प्रतिनिधि तथा २ नम्बर क्षेत्रको सांसदको हैसियतले त्यहाँको जनताको प्रतिनिधका हैसियतले आज मलाई जति पीडा छ त्यतिकै यो सरकारका गृहमन्त्री र सरकारलाई पनि पीडा हुनुपर्छ आफ्नो नागरिक मारिँदा पीडबोध हुनुपछए’ बोगटीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।