काठमाडौं– नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले आपराधिक घटनाका दोषीलाई कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
‘बर्दिया लगायतका देशका विभिन्न जिल्लामा जघन्य अपराधका घटना बढेका छन्। तर, ती घटनाका दोषीलाई कारबाही गर्न सकिएको छैन,’ उनले भने, ‘गठबन्धन सरकारको गृहमन्त्री भएको हिसाबले उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।