काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तुरुन्त अगाडि बढाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘महाअभियोग प्रस्ताव तुरुन्त अगाडि बढाइयोस्। त्यो अलपत्र पार्न ल्याइएको हो कि के हो?’ उनले भने।
मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।