काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेश सिंहले संसद्को उपसभामुख पद र राज्य व्यवस्था समिति खारेज गर्नुपर्ने बताएका छन्।
उनले लामो समयदेखि रिक्त उपसभामुखमा नियुक्तिको कुनै गुञ्जयास नदेखिएको भन्दै खारेजीको माग गरेका हुन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा उनले प्रश्न गरे, 'हामी कस्तो संसदीय व्यवस्था अघि बढाउन खोजिरहेका छौं? जहाँ उपसभामुख पद लामो समयदेखि खाली छ तर नियुक्त हुँदैन। साधारण खर्च उपसभामुखका कारणले बढेको हो भने सधैंका लागि खारेज गरौं।'
यसैगरी, राज्य व्यवस्था समिति पनि नयाँ सरकार बनेदेखि निष्क्रिय बनाइएको भन्दै खारेजीको माग गरिएको छ। 'यो सरकार बनेपछि उक्त समिति निष्क्रिय छ। सरकारलाई समिति चाहिँदैन भने खारेज गरेर सांसदलाई अन्यत्र सारौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।