काठमाडौं– प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले आज बुधबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन्।
जसका लागि प्रदेश १ को प्रदेश सभा बैठक दिउँसो २ बजे र लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो१ बजेका लागि बोलाइएको छ।
प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ्न्।
प्रदेश १ सरकारले कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ।
लुम्बिनी प्रदेशले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको छ। यसअघि अन्य प्रदेशले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।
प्रदेहरूले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।