काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रमले कर्णालीको विकासका लागि '६ ब’ को सिद्धान्त अघि सारेको छ। '६ ब' मा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार छन्।
कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना अंगिकार समृद्ध कर्णाली, सुखी कर्णालीबासीको दीर्घकालीन सोचअनुरुप नीति तथा कार्यक्रम निर्माण गरिएको बताइएको छ।
मुख्यमन्त्रीसँग जोडेर तीनवटा कार्यक्रम ल्याइएका छन्। ज्येष्ठ नागरिक, अपांगता भएका र पछि परेका जाति र वर्ग लक्षित मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम र मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम रहेकका छन्।
यस्तो छ नीति तथा कार्यक्रम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।