काठमाडौं– मुगुबाट प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीका सांसद गोपालबहादुर बमले कर्णालीको पर्यटनका लागि बिन्तीपत्र बुझाउँदा पनि बजेटमा समावेश नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘रातो, सेतो र निलो जस्तै किताब भए पनि बजेट हेर्दा हात्तिको देखाउने र चपाउने दात फरक भएको जस्तो छ,’ उनले भने, ‘कर्णालीमा प्रकृतिले दिएको पर्यटकीय क्षेत्र, त्यहाँको विकासका लागि काम गरिदिए हुन्थ्यो तर त्यसमा ध्यान जान सकेको छैन। हिजो पनि थिएन अहिले पनि छैन।’
पर्यटन विकासका लागि मन्त्रालयमा धेरै पत्र बुझाए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।