काठमाडौं– नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रभावशाली मन्त्रीदेखि शीर्ष नेता र प्रतिपक्षी दलका नेताका जिल्लामा विभिन्न योजनामा बजेट विनियोजन भए पनि अन्य क्षेत्रमा विभेद भएको बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
‘अरु जिल्लामा पनि जनप्रतिनिधि छन्। योजना हेर्ने हो भने त्यहाँ केही छैन,’ उनले भने, ‘प्रभावशाली मन्त्रीका जिल्लामा शीर्ष नेताका जिल्लामा र प्रतिपक्षी दलका नेताका जिल्लाबाहेक अन्यत्र बजेटमा विभेद भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।