काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी तथा कांग्रेस गण्डकी प्रदेश समिति सदस्य संज्ञा पोखरेल घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी छन्।
काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट खस्दा उनी गम्भीर घाइते भएकी हुन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
गम्भीर बनेकी संज्ञाको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।