काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले बाँकेमा भएको सामूहिक बलात्कार घटनाका पीडितलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छन्।
प्रतिनिधि सभामा मंगलबारको बैठकमा शून्य समय लिएर बोल्दै सांसद सुवेदीले यस्तो माग गरेकी हुन्।
बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १६ वषीया किशोरीलाई बाँके–बर्दियाको सीमा क्षेत्रमा २२ गते राति एक व्यक्तिले जन्मदिनको बाहना बनाएर बोलाएको र त्यहाँ सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।
उक्त घटनाका आरोपीहरू पक्राउ परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।