काठमाडौं– नेकपा एमालेकी सांसद बिमला विकले बर्दियामा जनताले जंगली जनावरबाट सुरक्षा मागिरहेका बेला राज्यले गोली हानेर मारेको भन्दै सरकारले यसको जवाफ दिनुपर्ने माग गरेकी छन्।
प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन्।
‘बर्दियामा जंगली जनावरको आतंक त छँदैछ। राज्यले पनि आतंक सिर्जना गरेको छ। त्यहाँ सुरक्षाकर्मीको गोली लागेर महिलाको मृत्यु भएको छ। केही घाइते भएका छन्,’ उनले भनिन्, ‘जनताले राज्यबाट सुरक्षा मागेका थिए। त्यसको बदलामा राज्यले जनतालाई गोली हानेर मारिदियो।’
उनले गोली प्रहार गर्नुपर्ने कारण नै नभएको अवस्थामा प्रहरीले पछाडिबाट गोली हानेर मारेको भन्दै घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेकी छन्।
उनले घटनाको घोर भत्र्सना गर्दै राज्य जंगली जनावरको आक्रमणबाट भइरहेका घटनाका विषयमा संवेदनशील हुनुपर्ने सुझाव दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।